कर्णाली प्रतिष्ठानकाे रजिष्टार नियुक्तीमा ढिलाई, दैनिक कामकाज प्रभावित

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रिक्त रजिष्ट्रार नियुक्तीमा ढिलाई हुँदा प्रतिष्ठानका महत्वपूर्ण काम प्रभावित भएका छन् । रजिष्ट्रार नहुँदा औषधि खरिद, कर्मचारीको पारिश्रमिक भुक्तानी, आन्तरिक व्यवस्थापन र नियमित प्रशासनिक काम प्रभावित भएका हुन् ।

प्रतिष्ठानको उपकुलपतिमा डाक्टर पुजन रोकाया नियुक्त भईसकेका छन् । उपकुलपति नियुक्त लगात्तै रजिष्टार नियुक्ती हुनु पर्नेमा बिलम्ब भएकाे छ ।

शिक्षाअध्यक्ष पनि उपकुलपति प्रतिस्पर्धाका लागि काठमाण्डौँ गएको र अहिलेसम्म जुम्ला नफर्किएकाले संस्थागत गतिविधि थप प्रभावित भएको स्रोतले जनाएको छ ।

प्रतिष्ठान भित्रको आन्तरिक काम मात्र नभई बाह्य सम्पर्क तथा व्यवस्थापन समेत अवरुद्ध हुँदा सेवा प्रवाहमै असर परेको जनाइएको छ । राजनीतिक खिचातानी र उपकुलपतिको ढिलासुस्तीले रजिष्ट्रार नियुक्ति लम्बीएकाे स्राेतले बताएकाे छ ।

गत साउन २७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा.पुजन कुमार रोकाया नियुक्त भई सकेका छन् ।
उनकै सिफारिसमा स्वास्थ्य मन्त्रीले रजिष्ट्रार नियुक्त गर्नु पर्ने हो । तर, उपकुलपति राेकायाकाे सिफारिस नजाँदा रजिष्ट्रार नियुक्तमा बिलम्ब भएकाे बुझिएकाे छ ।

राजनीतिक दाउपेच, खिचातानि, आफु अनुकूलको पात्र रजिष्ट्रार नियुक्त नहुने भएपछि ढिलासुस्ति भएको समेत आँकलन भईरहेकाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुपति नेपाली काँग्रेस र रजिष्ट्रार नेकपा एमालेको भागमा परेको छ ।

नेपाली काँग्रेसबाट उपकुलपति पदमा राेकाया नियुक्त भई सक्दा नेकपा एमालेको भागमा परेको रजिष्ट्रार नियुक्तिमा ढिलाई सुस्ति हुनुलाई नेकपा एमाले आंशका व्यक्त गरेको छ ।

उपकुलपति नियुक्त भएको एक हप्ता भित्र रजिष्ट्रार नियुक्ति भइ सक्नु पर्नेमा दुईसाता बढी भइसक्दा पनि नियुक्त नहुनुमा नेकपा एमालेले आंशका व्यक्त गरेको हो ।

उच्च स्तरको राजनीतिक सहमतिलाई केहि व्यक्तिले लम्बाउने र प्रक्रियामा ढिलासुस्ति गर्न खोजेको देखिन्छ । रजिष्ट्रार नियुक्तिमा किन ढिलाई भएको छ ? आफ्नो अनुकूलको व्यक्ति रजिष्ट्रारमा नआउने भएपछि प्रतिष्ठानका उच्च तहका व्यक्तिले बेइमानि गर्न खोजेको समेत आरोप छ ।

उच्च स्तरीय राजनीतिक सहमतिलाई कार्यान्वयन गर्न आनाकानी गर्नु राम्रो होइन । यसको नतिजा पछि नराम्रो हुछ । रजिष्ट्रार नियुक्तिमा ढिलाई गर्नुले पछि व्यक्तिगत रिसराग जस्तो हुन्छ । राजनीतिक सहमतिलाई कार्यान्वयन गर्नु राम्रो हुने एमाले पक्षकाे धारणा छ ।

नेकपा एमालेको भागमा परेको रजिष्ट्रार नियुक्त हुनु पहिले प्रतिष्ठानका कर्मचारीले किर्ते हस्ताक्षर गरी नृपेन्द्र महतलाई बदनाम गराउन खोजेको प्रति नेकपा एमालेले खेद प्रकट समेत परेको छ ।

नेकपा एमालेको भागमा परेको रजिष्ट्रारमा जो सुकै व्यक्ति नियुक्त हुन सक्छ । तर, नियुक्त हुनु पुर्व षड्यन्त्र, जालजेल र गलत गर्नेका विरुद्ध नेकपा एमाले डटेर सामाना गर्न तयार रहेको बताईएकाे छ ।

यता प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन कुमार रोकायाले छिट्टै सिफारिस गरिने बताए । सिफारिसमा आफु भन्दा माथिलो निकायको कुरा बढी लाग्ने उनको तर्क छ । उपकुलपति राेकायाले रजिष्टार नियुक्ती एउटै उपकुलपतिले चाहेर नहुने र सिफारिस चाडै गरेर केही दिनमै टुंगीने उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस