जेन्जीको माग आम नागरिक र समयको माग हो । जायज एजेण्डा सहितको प्रदर्शनमा भएको आततायी दमन चरम अलोकतान्त्रीक कदम हो । यसले तिम्रो date expired मकुण्डो खोली सक्कली अनुहार छर्लगं देखाएको छ । जुन यो दुनिया र युगले लुकाउनै सक्दैन ।
–जहानिया राणा, निरंकुसपंचायत अनि ज्ञानेन्दको सिंगो शासन काललाई ३ घण्डामा मात गर्ने गरि हिटलर र मुशोलिनी शैलिमा गरिएको यो बर्बरताको मुल्य तिमीहरुको पतनले मात्र चुक्ता हुनेछ ।
’’स्याललाई काल आए गाउँ पस्छ । सरकारको आयु सकिए अस्पताल पस्छ भन्थे हो रहेछ । हिजोको गोलि र अश्रुग्यासको बर्बरता सिभिल अस्पतालमा पस्यो ।
आजको अवस्थामा phase out भैसकेका र genzको आन्दोलनमा रोटी सेक्ने अनि फेरोसमातेर बैतरि तर्ने धेरै छन् । यस्ता घुस पैठेवाट सतर्क रहि आफ्नो purity जोगाउन र आम नागरिकको (बा–आमाको) विस्वास जित्न नभलश आन्दोजन सजक रहनु पर्दछ ।
–अन्तमा सुन बामा भाउजुदेवरहरु, बेबिब्रुमर र तिनका भजन कृतनमा ध्यान मग्न भक्त जनहरु हो । जेन्जिपुस्ताले (भाइवहिनि छोराछोरी र नातिनतिनाहरु) घृणा, तिरस्कार र अपमान गरे भने तिम्रो मानव चोला जिउदो लास र बाँकीं जीवन नारकिय हुने मात्र होइन । तिमीले पाइला टेक्ने जमिन र स्वास फेर्ने आकास समेत पाउने छैनौ । त्यसर्थ अझैं कहाली लाग्दो बर्वरतामा रमाउने होकी समाधानको शान्तिपुर्ण बाटो रोज्ने त्यो सरकार र चल्तीको राजनितिको जिम्मा ।
–नभलश आन्दोलनले नागरिक आन्दोलनको आकार ग्रहण गरोस् र चल्तीको राजनितिको समुल अत्य गर्दै सार्थक लोकतान्त्रिक गणतन्त्रको बाटो अवको बाटो बनोस् ज्यान गुमाउने सपुत प्रति हार्दिक श्रध्दाञ्जलि , घाइतेहरुमा सिघ्र स्वास्थ्य लाभको कामना सहित अटुट एकैबध्दता !!!



