जम्ला । जुम्लामा जारी यू-14 फुटबल प्रतियाेगिताकाे छात्रा तर्फ फाईनल खेलमा जेआर कर्णाली बाेर्डिङ र सरस्वति मावि रिनि भिड्ने भएका छन् ।
जुम्ला जिल्ला फुटबल संघ एन्फाद्वारा आयाेजित अण्डर 14 विद्यालय स्तरीय फुटबल प्रतियाेगितामा जिल्लाभरका छात्र र छात्रा गरि २४ टिम सहभागी थिए ।
जसमा छात्रा तर्फ १० टिम सहभागी थिए । सहभागी १० टिम मध्य उत्कृष्ट खेल प्रर्दशन गर्दै जेआर कर्णाली बाेर्डिङ र सरस्वति मावि फाईनलमा प्रबेश गरेकाे आयाेजनाले जनाएकाे छ ।
मंगलबारदेखि छात्र तर्फकाे फाईनल सेमि फाईनल खेल हुने छन् । छात्र तर्फ जिल्लाभर १४ टिम सहभागी छन् । छात्र छात्राकाे फाईनल खेल असाेज ३ गते संविधान दिवसका दिनमा हुने आयाेजकले जनाएकाे छ ।
प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार



