जुम्ला । जुम्लामा जारी यू-14 फुटबल प्रतियाेगिताकाे छात्रा तर्फ उपाधी सरस्वति मावि रिनिले जितेकाे छ।
जुम्ला जिल्ला फुटबल संघ जुम्लाद्वारा आयाेजित अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तर्गत छात्रा तर्फ पातारासी गाउँपालिका वडा नं ७ स्थित सरस्वति मावि रिनिले जितेकाे हाे ।
मंगलबार सरस्वति मावि रिनि र जेआर कर्णाली बाेर्डिङ बीच भएकाे फाईनल खेलमा सरस्वति मावि रिनिले १ गाेल गर्दै छात्रा तर्फकाे उपाधी जितेकाे हाे ।
निर्धारित समय भित्र जेआर कर्णालीले गाेल फर्काउन नसक्दा उपविजेतामै सिमित भयाे । जुम्लामा आयाेजित यू-१४ फुटबल प्रतियाेगितामा छात्रा तर्फ जिल्लाभरबाट १० वटा टिमकाे सहभागिता रहेकाे थियाे ।
छात्र तर्फकाे फाईनल खेल बुधबार हुने छ । अहिले एसिया स्कुल र जेआर कर्णाली बीच सेमिफाईनल खेल भईरहेकाे छ जित्ने टाेलीले चन्दननाथ माविसंग फाईनल खेल्ने छ ।



