यू-14 फुटबल: जेआर कर्णाली फाईनलमा प्रवेश, चन्दननाथ मावि संग खेल्ने

जुम्ला । यू-१४ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिताकाे छात्र तर्फ जेआर कर्णाली बाेर्डिङ स्कुल फाईनलमा प्रबेश गरेकाे छ ।

एन्फाद्वारा जुम्लामा जारी यू-१४ फुटबल खेल प्रतियाेगिता अन्तर्गत विहिबार एसिया ईन्टर नेश्नल बाेर्डिङ स्कुल र जेआर कर्णाली बीच भएकाे सेमिफाईनल खेलमा १ गाेलले जित निकाल्दै जेआर कर्णाली फाईनलमा प्रबेश गरेकाे हाे ।

पहिलाे हाफमै जेआर कर्णालीले एक गाेल गरेकाे थियाे । भने खेलकाे अन्तिम समय सम्म पनि एसिया स्कुलले गाेल फर्काउन नसक्दा एसिया स्कुल सेमिफाईनलबाटै बाहिरीएकाे छ ।

जेआर कर्णालीका एक गाेलनै निर्णायक बनेकाे बन्याे ।
यसैबीच यू-१४ फूटबल प्रतियाेगिता अन्तर्गत छात्र तर्फकाे फाईनल खेल जेआर कर्णाली बाेर्डिङ र चन्दननाथ नमुना माविबीच हुने भएकाे छ ।

चन्दननाथ मावि दुर्गा माविलाई हराउँदै फाईनलमा प्रवेश गरेकाे थियाे । बुधबार संविधान दिवसका अबसरमा छात्र तर्फकाे फाईनल खेल हुने आयाेजकले जनाएकाे छ ।


छात्रा तर्फकाे उपाधी भने सरस्वति मावि रिनिले जितिसकेकाे छ । छात्रा तर्फ जेआर कर्णाली उपविजेता बनेकाे छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस