जेन्-जी आन्दाेलनबाट क्षतिग्रष्त संरचना पुननिर्माण गर्न हिमाले ११ लाख सहयाेग गर्ने

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले जेन्-जी आन्दाेलनका क्रममा क्षतिग्रष्त संरचनाकाे पुर्ननिर्माण गर्ने आर्थिक सहयाेग गर्ने भएकाे छ ।

देश संकटमा परेकाे भन्दै क्षति ग्रष्त संरचनाकाे पुन: निर्माणका लागि लागि राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा हुने गरि ११ लाख ४३ हजार २ सय प्रदान गर्ने निर्णय गरिएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

भदाै २ गते बसेकाे कार्यपालिका बैठकले हिमा गाउँपालिकामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीहरुको ३ दिन बराबर र जनप्रतिनिधीहरुको ६ दिन वरावरको तलव भत्तावाट हुन आउने एकमुस्ट ११ लाख ४३ हजार रुपैया राष्टि्य पुन: निर्माण काेषमा जम्मा गर्ने निर्णय भएकाे हाे ।

साथै हिमा गाउँपालिकाले भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा साहदत प्राप्त गर्नु भएका वीर सहिदहरुप्रति हिमा गाउँपालिका जुम्ला हार्दिक श्रदाञ्जली अर्पण गरेकाे छ ।

जेन-जी आन्दोलनका क्रममा घाइते हुनु भएका सम्पूर्ण नागरिकहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे छ ।

हिमा गाउँपालिका निप्पक्षता, पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहप्रति अटल रहँदै पुनःनिर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि वढ्ने अध्यक्ष शाहीकाे भनाई छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरुले सेवक नेतृत्वको भावनालाई आत्मसात गरी नागरिकहरुलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठेरो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिष्कृत ढंगवाट सेवा प्रवाह गर्ने हिमा गाउँपालिकाले प्रतिबद्धता व्यक्त गरेकाे छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस