यू-14 फुटबल प्रतियाेगिता: चन्दननाथ माविले जित्याे छात्र तर्फकाे उपाधी

जुम्ला । जुम्लामा जारी यू-14 फुटबल प्रतियाेगिताकाे छात्र तर्फ उपाधी चन्दननाथ नमुना माविले जितेकाे छ। जुम्ला जिल्ला फुटबल संघ जुम्लाद्वारा आयाेजित यू-१४ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तर्गत छात्र तर्फकाे उपाधी चन्दननाथ माविले जितेकाे हाे ।

मंगलबार जेआर कर्णाली बाेर्डिङ र चन्दननाथ नमुना मावि बीच भएकाे फाईनल खेलमा चन्दननाथ माविले ३ गाेल गर्दै छात्र तर्फकाे उपाधी जित्न सफल भएकाे हाे ।

निर्धारित समय भित्र जेआर कर्णालीले गाेल फर्काउन नसक्दा उपविजेतामै सिमित भयाे । चन्दननाथले पहिलाे हाफमा २ र दाेस्राे हाफमा १ गरि ३ गाेल गरेकाे थियाे ।

दाेस्राे हाफमा जेआर कर्णालीले पेनाल्टी सुटआउट पाउँदा पनि गाेल हुन सकेन् । जेआरले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गाेल गर्न नसक्दा उपविजेतामै सिमित भएकाे हाे ।

जुम्लामा आयाेजित यू-१४ फुटबल प्रतियाेगितामा छात्र तर्फ जिल्लाभरबाट १४ वटा टिमकाे सहभागिता रहेकाे थियाे । छात्रा तर्फकाे फाईनलमा पुगेर पनि उपविजेता बनेकाे जेआर कर्णाली छात्र तर्फकाे फाईनलमा पनि उपविजेतानै बन्याे ।

छात्रा तर्फकाे उपाधी सरस्वति मावि रिनिले जितेकाे छ । प्रतियाेगितामा जम्मा २४ वटा टिम सहभागी थिए । प्रतियाेगितामा छात्र र छात्रा तर्फ विजेता र उपविजेता हुने टिमलाई शुक्रबार ट्रफी र मेडल वितरण गरिएकाे एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए । उनका अनुसार संविधान दिवसकाे अबसर पारी फाईनल खेल खेलाईएकाे हाे ।
जिल्ला समन्वय समिति जुम्लाकाप्रमुख गाैरीनन्द आर्चाय, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतकाे सहभागितामा फाईनल खेल सम्पन्न भएकाे छ । एन्फाद्वारा आयाेजित फुटबल प्रतियाेगिता बिवाद रहित वातारणमा सम्पन्न भएकाे छ ।
खेलमा बालबालिकाकाे आर्कषण देखिएपनि आधाभूत ज्ञानकाे धेरै कमि देखियाे । विद्यालयका गेम टिचरले धेरै सिकाउनु पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस