आगलागि पिडित कमल नेपालीलाई गाउँपालिकाले दियाे राहत

जुम्ला । आगलागी पिडित ताताेपानी गाउँपालिका वडा नं. ५ निवासी कमल नेपालीकाे परिवारलाई गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेकाे छ ।

शुक्रबार दिउँसाे विद्युत सर्ट भई आगजनी भएकाे थियाे । आगजनीबाट नेपालीकाे १२ काेठे घर पूर्ण रुपमा ध्वष्त भएकाे छ । लाखाैकाे क्षति भएकाे छ । यदपी क्षतिकाे एकिन विवरण आउन बाँकि छ ।

लत्ता कपडाफ भाडा कुडाँ, अन्नपात सबै जलेर खरानी भएपछि विचल्लीमा परेकाे पिडित परिवारलाई ताताेपानी गाउँपालिकाले शुक्रबारनै राहत उपलब्ध गराएकाे हाे ।

शुक्रबार गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईकाे नेतृत्वमा गएकाे टाेलीले भाडाकुँडा, ओेड्ने ओछ्यायने, लत्ता कपडा, खाधन्न लगायतकाे राहत प्रदान गरिएकाे छ ।

आगजनीले सबै जलेकाे र तत्काल चाहिने सबै राहत सामाग्री हस्तान्तण गरेकाे गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईले बताए । उनका अनुसार घर निर्माणमा पनि गाउँपालिकाले आबश्यक सहयाेग गर्ने छ ।

गाउँपालिकाले आगलागि भएकै दिन अध्यक्ष सहित आएर राहत सामाग्री दिनुका साथै, दु:खमा हामी छाै भन्ने ढाडस दिएपछि निकै राहत महसुश गरेकाे पिडित कमल नेपालीले बताए ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस