जुम्ला । नेपाल निजामति कर्मचारी संगठन जुम्लाले आगलागि पिडित परिवारलाई राहत हस्तान्तरण गरेकाे छ ।
नेकपा एमाले निकट कर्मचारी संगठनले पिडित कमल नेपालीकै घरमा पुगेर शनिवार नगद २६ हजार ७ सय रुपैयाँ राहत हस्तान्तरण गरेकाे हाे ।
आगलागीबाट पिडित कमल नेपालीकाे परिवारका राहतका लागि कर्मचारीहरुकाे तर्फबाट २६ हजार सात सय रुपैया राहत प्रदान गरिएकाे हाे ।
बाढी पहिराे, आगजनी जस्ता विपद् एकाएक आउँछन् । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष पदम प्रसाद उपाध्यायले शनिवार विहान सबै कर्मचारी संग समन्वय गरि थाेरै भएपनि राहत दिईएकाे बताए ।
उनले भने,’हामीले सुरुवात मात्रै गरेका हाै । अब अरुले पनि सहयाेग गर्ने छन् । यस्ताे विपत्तीमा सानाे भएपनि सबैले सक्दाे सहयाेग गर्न जरुरी छ ।’ शुक्रबार आगलागि हुँदा कमल नेपालीकाे ५ जनाकाे परिवार विचल्लीमा छ ।
राहत वितरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य धर्मराज रावल,मुन प्रसाद खत्री, खडानन्द चाैलागाई, कमला धरला लगायतकाे सहभागिता रहेकाे थियाे ।
संगठनले आगलागि पिडित परिवारलाई सक्दाे सहयाेग गर्न सबैमा अपिल गरेकाे छ ।



