पत्रकार महासंघ जुम्लाद्वारा तीनजना क्रियाशील पत्रकार पुरस्कृत

जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाद्वारा जिल्लाका तीन जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । पत्रकार काली बहादुर परियार, लक्ष्मी न्याैपाने र विजय रावत पुरस्कृत भएका हुन् ।

जसमा काली बहादुर परियार यूवा तथा खेलकूद, लक्ष्मी न्याैपाने गाैरी पदम स्मृती र विजय रावत कृषि तथा पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

तीनै जनालाई जनही १० हजार, कदर-पत्र र दाेसल्ला प्रदान गरिएकाे छ । गाउँपालिका राष्टि्य महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले पुरस्कार प्रदान गरेका हुन् ।

महासंघले तोकेको म्यादभित्र प्राप्त आवेदकमध्ये मूल्याङ्कन गरेर परियारलाई यस वर्षको युवा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको थियाे ।

पत्रकार काली बहादुर परियार दूबाे खबरका प्रधानसम्पादक हुन । भने विजय रावत कर्णाली सवाल अनलाईनका संचालक हुन । साथै लक्ष्मी न्याैपाने रेडियाे नारी आवाजकी स्टेसन म्यानेजर हुन् ।

साथै पुरस्कार वितरण तथा दशैँकाे शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी प्रमुख अतिथि हिमा गाउँपालिका अध्यक्ष, लक्ष्मण बहादुर शाही, विशेष अतिथि ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँई,उपाध्यक्ष रेवति रावल, पातारासीका अध्यक्ष पूर्णसिंह बाेहारा, जनमाया राेकाया, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, शसस्त्र प्रहरी बल प्रमुख, प्रहरी प्रमुख लगायत सम्पुर्ण विषयगत कार्यालयका प्रमुख लगायत पत्रकार हरूलाई पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले धन्यबाद दिए ।

हिमा गाउँपालिकाकाे ५ लाख सहयाेगमा स्थापना गरिएकाे अक्षयकाेषबाट दुई वर्ष पुरस्कार वितरण गरिएकाे छ । भने चालू आर्थिक वर्षमा ताताेपानी गाउँपालिकाले अक्षयकाेष बृद्विका लागि ५ लाख विनियाेजन समेत गरेकाे छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस