रैथाने बालीको परिकार सम्बन्धि दुई दिने तालिम सुरु

जुम्ला । जुम्लामा रैथाने बालीको परिकार सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । कृषि खाध प्रणालीका लागि नविकरणीय उर्जा (रेरास) परियोजनाको आयोजनामा दुई दिने रैथाने बालीको परिकार बनाउने (प्रशिक्षक प्रशिक्षण) तालिम विहिबारदेखि सुरु भएको हो ।

तालिममा जुम्लामा उत्पादन हुने रैथाने अन्नबालीबाट बन्ने परिकारका विषयमा सिकाईने छ । तालिममा अर्गानिक दिवा खाजा खुवाउने विधालयका कर्मचारी, होटल व्यवसायी, महिला स्वयम सेविका, कृर्षक समुह लगायतको सहभागिता छ ।

कृषिमा नविकरणीय उर्जाको पहुँच २ प्रतिशतबाट १५ प्रतिशत पुराउने, पोषण बृद्वि, उत्पादन बृद्वि, आयआर्जनमा सुधार, बजार प्रर्बद्वन लगायतका काममा रेरास परियोजनाले काम गरिरहेको परियोजनाका कलष्टर सर्पोट एसोसियट भीम प्रसाद उपाध्यायले बताए । रैथानेबालीको प्रर्बद्वन तथा परिकार बनाउन कृर्षक तथा होटल व्यवसायीलाई सक्षम बनाउने योजना अनुसार परिकार बनाउने तालिम संचालन गरिएको उपाध्यायले उल्लेख गरे ।

दुईदिनको अवधिमा रैथानेबालीका विभिन्न परिकार बनाउन सिकाईने प्रशिक्षक केशब बहादुर कठायतले बताए । उनले अनुसार परिकार बनाउने तालिम हजारौ रुपैया खर्च गरेर सिक्नु पर्ने समयमा परियोजनाले निशुल्क सिक्ने अबसर दिएकाले अर्थपूर्ण सहभागिता जनाउन अनुरोध गरे ।


यस्ता छन् तालिका उदेश्य
रैथाने बालीको प्रयोग प्रवद्र्धन गरी पोषण सुरक्षा सुधार गर्नु र स्थानीय खाद्य प्रणालीलाई सुदृढ पार्नु, सहभागीहरूलाई रैथाने बालीबाट विविध परिकार तयार पार्ने ज्ञान, सीप र व्यवहारिक क्षमता प्रदान गर्न, रैथाने बालीको उत्पादन, प्रशोधन र परिकार विकासमार्फत स्थानीय मूल्य शृङ्खला सुदृढ गर्नु तालिमका उदेश्य हु्न ।
साथै रैथाने बालीका परिकारहरूको घरपरिवार, समुदाय र बजार स्तरमा प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्नु, परम्परागत ज्ञान र अभ्यासहरू पुनजीवित गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु, सहभागीहरूलाई पोषणयुक्त र आर्थिक रूपमा लाभदायी परिकार तयार पार्न सक्षम हुनु र बनाउँदै ती परिकारहरूलाई स्थानीय खाद्य प्रणालीमा समावेश गर्ने आधार तयार गर्नु तालिमका उदेश्य रहेको परियोजनाका कलष्टर सर्पोट एसोसियट भीम प्रसाद उपाध्यायले जानकारी दिए । तालिम शुक्रबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस