काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको पार्टी एकता प्रक्रियामा सहभागी नभएका जनार्दन शर्माले नयाँ अभियान घोषणाको तयारी गरेका छन् । उनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्न लागेका हुन् ।
सो अभियानबारे जानकारी दिन ललितपुरस्थित सत्कार रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । साढे २ बजे हुने पत्रकार सम्मेलनमा अभियानको आगामी योजनालगायतका समग्र विषयमा जानकारी गराइने नेता राम कार्कीले जानकारी दिए ।
काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको पार्टी एकता प्रक्रियामा सहभागी नभएका जनार्दन शर्माले नयाँ अभियान घोषणाको तयारी गरेका छन् । उनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गर्न लागेका हुन् ।
सो अभियानबारे जानकारी दिन ललितपुरस्थित सत्कार रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । साढे २ बजे हुने पत्रकार सम्मेलनमा अभियानको आगामी योजनालगायतका समग्र विषयमा जानकारी गराइने नेता राम कार्कीले जानकारी दिए ।त्यसअघि अभियानको बैठक बसिरहेको बताइएको छ । अभियानले माओवादी पुनर्गठनको उद्देश्य राखेको छ।



