हिमा गाउँपालिकाले नि:शुल्क ट्युशन कक्षा संचालन गर्ने

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले नि:शुल्क ट्युशन कक्षा संचालन गर्ने भएको छ । हिउदे विदालाई लक्षित गर्दै पालिकाको सहयोमा नि:शुल्क ट्युशन संचालन गर्ने भएको हो ।

वार्षिक परिक्षा सकेर ट्युशन पढ्न सदरमुकाम देखि जिल्ला बाहिर जाने र महंगो खर्च गर्नु पर्ने अबस्था रहेकाले त्यसको अन्त्य गर्दै गाउँपालिकाले नि:शुल्क ट्युशन कक्षा संचालन गर्ने योजना बनाएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए  । 

उनले भने,´हामीले शिक्षामा विशेष लगानी गरेका छौ । चाहे पढाई मेला होस् वा यहाँ सबै विधालयमा पूर्वाधार बनाउने कुरामा लगानी गर्नकन्जुसाई गरेका छैनौ । बजारमा महंगो खर्च हुने र निम्न आयस्तर भएकालाई ऋण जोहो गर्नु अअबस्था रहेकाले नि:शुल्क ट्युशन पढाउँदै । यसले हिमाका बालबालिका तथा अभिभावकलाई राहत मिल्ने अपेक्षा छ ।`

ट्युशन कक्षा संचालन हुने विधालय समेत तोकिएको छ । भने समबन्धित विधालयबाटै उत्कृष्ट विषय शिक्षक छनोट गरी ट्युसन कक्षा संचालन गर्ने प्रवन्ध मिलाईएको छ ।

हिमा गाँउपालिका अन्तर्गतका सम्पूर्ण सामुदयिक विद्यालयका प्रधानाध्यापकको सहभागितामा गाउँशिक्षा समितिको २०८२/मंसिर १ गतेको निर्णय अनुसार ट्युशन संचालन केन्द्र तोकिएको हिमा गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

हिमाका कालिका मा.बि हिमा-१, बड्कीमा नेत्र ज्योति मा.वि हिमा- २, ओदीमा, राहदेव मा.वि. हिमा-३ मोफ्लामा ट्युसन संचालन हुने छ ।

शैक्षिक शत्र २०८२ सालमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई हिउँदे विदाको समयमा गाउँपालिकाबाट निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय भएकोले सहभागि विद्यालयहरुसंग आवश्यक सहजीकरण गरी यथाशिघ्र कक्षा सञ्चालन गर्न गराउन समेत निर्देशन भईसकेको छ ।

उपलब्ध शिक्षकहरुमध्येबाट उत्कृष्ठ विषय शिक्षक छनोट गर्ने अधिकार निज विद्यालयहरुलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस