हिमा आधारभूत विधालयको दोस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक

जुम्ला । हिमा गाउँपालिका वडा नं २ कोईरेली स्थित हिमा आधारभूत विधालयको दोस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही तथा अभिभावक विधार्थीको सहभागितामा मंगलबार नतिजा सार्वजनिक गरिएको हो ।

कक्षा ५ सम्म संचालित उक्त विधालयमा कुल  जना विधार्थी अध्ययनरत रहेका छन् । परिक्षामा उत्कृष्ट अंक ल्याई तेस्रो स्थान सम्म आउनेलाई कापी, पेन्सील पुरस्कार समेत प्रदान गरिएको छ । भने अन्य उर्तिण विधार्थी समेत प्रोत्साहन गरिएको छ । हिमा २१ वटा सामुदायिक विधालय मध्य दोस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गर्ने हिमा आवि पहिलो हो । 

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले शिक्षाको विकास नभई समाज रुपान्तरण सम्भव नरहेको बताए । अध्यक्ष शाहीले प्रधानाध्यापक महेश रावलको सक्रियताकै कारण हिमा आधारभूत विधालय नमुना बनेको उल्लेख गरे ।

उनले भने,´हिमाले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । कुल विकास बजेटको ४२ प्रतिशत बजेट शिक्षामा खर्चिने पहिलो पालिका हो । हिमाका बालबालिकाहरु भविष्यमा दक्ष जनशक्ति बनाउन लगानी गरेका हौ । शिक्षाको विकास बिना भौतिक विकासको अर्थ नहुने मान्यता हिमाले बोकेको ।`

साथै हिमा आधारभूत विधालयको भवनको तला थप्न १५ लाख सहयोग गर्ने उल्लेख गरे ।  पछिल्ला दिनमा दैनिक जसो हिमाका सबै सामुदायिक विधालयमा पुग्ने गरेका छन् । विधालयको शैक्षिक अबस्था,भौतिक अवस्था बुझ्ने, शिक्षक विधार्थीका गुनासा सुन्ने संबोधन गर्ने प्रक्रियाको थालनी भएको छ।

बालबालिकालाई प्रेरणा, हौसला प्रदान गर्न तथा अभिभावकलाई आफ्ना बालबालिकाको पढाईको स्थित जानकारी दिन र आगमी दिनमा पढाई सुधारमा ध्यान देउन भन्ने उदेश्यले सबैको सहभागिताा नतिजा सार्वजनिक गरिएको हिमा आधाभूत विधालयका प्रधानाध्यापक महेश रावलले बताए ।उनका अनुसार कुल ९२ जना विधार्थी सख्या रहेको छ । 

हिमा गाउँपालिका शिक्षा शाखा प्रमुखले प्रधानाध्याक महेश रावलको कार्यशैली, ईच्छा शक्ति र सामुदायिक विधालय सुधारमा देखिएको परिणामको प्रशंसा गरे । अझै विधालय सुधार गर्नका लागि अभिभावक, विधार्थी र  शिक्षकको त्रिकोणात्मक सम्बन्ध समधुरहुनु पर्ने बताए ।

हिमाका अन्य विधालय भन्दा हिमा आधारभूत भिन्नै रहेको भन्दै आगामी दिनमा सहयोग गर्न पालिका तयार रहेको उनको भनाई छ । उनका अनुसार सामुदायिक विधालय सुधारमा प्रअ रावलको मेहनत सक्रियता अन्य विधालयका लागि अनुसरण योग्य र प्रसंसा योग्य छ । 

प्रकाशित मिति : २०८२ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस