जुम्ला । राष्टि्य प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवारमा ज्ञानेन्द्र बहादुर शाहीलाई एकल सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहीलाई राप्रपा जुम्लाले प्रत्यक्ष तर्फ एकल सिफारिस गरेको हो ।
बुधवार प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नामवली टुग्याएर जुम्लाबाट पठाईएको छ । राप्रपा जुम्लाका कार्य बहाक अध्यक्ष देविकृष्ण न्यौपानेका अनुसार केन्द्रको मंसिर २८ को पत्रनुसार आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी पठाइएको हो ।
२०७९ को निर्वाचनमा जुम्लाबाट बहुमत ल्याएर विजयी भएका शाहीको फेरी पनि जुम्लाबाटै चुनाव लड्ने चाहना र जुम्लाबासीको भावना अनुसार शाहीलाई प्रत्यक्ष तर्फको एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको राप्रपा जुम्लाले जनाएको छ । यदपी, शाहीको नाम सुर्खेत, ललितपुर क्षेत्र नं १ लगायतका क्षेत्रबाट पनि सिफारिस भएको छ ।
त्यस्तै समानुपातिक पुरुष तर्फ ८ जना,समानुपातिक महिला तर्फ ३ जना र दलित ३ जनाको नाम सिफारिस गरिएको छ ।
पुरुष तर्फ रमानन्द न्यौपाने,विर्ख बहादुर कठायत,पूर्णसिंह कठायत,गंग प्रसाद उपाध्याय,बिन बुढा,जयन्त महत,अनिल थापा र असमिन सेजुवालको नाम सिफारिस गरिएको छ ।
भने महिला तर्फ पन्चकली बुढा,बसन्ताकुमारी शाही, जानेदवी शर्माको नाम सिफारिस गरिएको छ । दलित तर्फ बल बहादर बस्याल, बिपुना नेपाली रमहालक्ष्मी बिटालुको नाम सिफारिस गरिएको छ । पन्चकली बुढा चर्चित गायिका पनि हुन् ,। केहि समय अघि जुम्ला फल्छ मार्सीधान फल्ने नवयूवराज हिदेन्द्रसंगै गित गाएर चर्चामा आएकी थिईन् ।



