मुगुका ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ स्थित झ्यारी गाउँमा रहेको श्री महादेव आधारभूत विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। आफूले भोगेको दुख कष्टलाई स्मरण गर्दै फाउन्डेसनका अध्यक्ष बोहराले मुगुका बालबालिकालाई सहयोग गर्दै आएका छन् । 

छायाँनाथ नगरपालिका भरिका विद्यालयका विद्यार्थीहरु लाई आफूले सक्ने जति सहयोग निरन्तर गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्  । केही दिनअघि मात्रै गृहजिल्ला  मुगु पुगेकी अक्कल कोपिला फाउन्डेसनकी संस्थापक कि धर्मपत्नी कोपिला ले श्रीमानको दुःख कष्ट बुझेर सधैंभरि दिनदुखी गरीबी जनताको निम्ति आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाईन् 

दिन दुःखी असहाय व्यक्तिका सहारा बनेर आउने बोहोरा मुगु जिल्ला मात्र होइन देशभरिका विपन्न पीडित व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेका दम्पति हुन् ।

बोहोरा अहिले स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आएका छन् । पूर्व सशस्त्र प्रहरी बलका धवाक खेलाडी बोहोरा  सानैमा ठूलो परिवार भएको कारणले आफूले शिक्षा भनेजस्तो पाएनन् । तर आजको समयमा त्यस्तो दुख अभाव मुगुबासीले नपाउन भन्ने बोहोराको आशा छ ।

गृहजिल्लाका विद्यार्थीहरूलाई कुनै कुरामा पनि कमी नहुने प्रतिबद्धता जनाउनुभएको छ। विद्यालयका प्रधानाध्यापक देव बहादुर बिष्टले हामीलाई बोहराले पटकपटक सहयोग गर्दै आएको बताए । बोहराले दिएका कापी अझ पनि कोही विद्यार्थीहरूको हातमै छन् फेरि नयाँ कपी पाउँदा विद्यार्थीहरु खुसी भएका छन्।

प्रकाशित मिति : २०८२ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस