मुगु – संविधानको धारा ३५ मा हरेक नेपालीलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलव्ध गराउने उदेश्यले गरिविको रेखामुनि रहेको जनसंख्या र सम्पूर्ण नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको सर्वब्यापी पहुँच गराउने सरकारको उदेश्यलाई कार्यान्वयन गर्ने एउटा महत्वपूर्ण कार्याक्रम स्वास्थ्य बीमा कार्यक्रम हो ।
स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार बिमा कार्यक्रममा आवद्व हुनका लागि ५ जना सम्म परिवारको लागि ३ हाजर ५ सय र थप प्रति एक परिवार सदस्यका लागि ७ सय रुपियाका दरले योगदान रकम बुझाउनु पर्ने हुन्छ । प्रचलित कानुन बमोजिम अति गरिवको परिचय प्राप्त, अति अशक्त, अपाङ्ग कुष्ठरोगी, एचआईभि, जटिल खालका क्षयरोगी भएका ब्यक्ति र ७० बर्ष भन्दा माथिकालाई सरकारले योगदान रकम ब्यहोर्ने नियम छ ।
यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका र निजको परिवारलाई कुल रकमको ५० प्रतिशत सरकारले ब्यहोर्ने ब्यवस्था छ ।
हाल १५२ प्रकारका प्योगशाला, ७२ प्रकराका रेडियोलोजी सेवा, १०२ मेडिकल प्रकराका उपचार बिधि ९१४ प्रकारका सजिकल सेवा, ४३ प्रकारका सल्यक्रियामा प्रयोग हुने सामाग्री समावेश भएको पाईन्छ । यसै गरी एक हजार १०८ प्रकारका एलोप्याथिक औषधि र २५ प्रकारका आयुर्वेद औषधि तथा बैकल्पिक चिकित्सा सम्बन्धि औषधि समावेश गरिएको छ ।
आर्थिक बर्ष २०८०÷०८१ तथ्यांक अनुसार जम्मा ८१ लाख १४ हजार ५९४ जना (२८ प्रतिशत) नागरिक र २५ लाख १४ हजार २२० घर परिवार (३८ प्रतिशत) स्वास्थ्य बिमामा आवद्व भएको पाईन्छ । सरकारी र सामुदायिक गरी ४७० वटा सेवा प्रदायक संस्थाबाट सेवा प्रवाह भईरहेको छ ।
नेपालमा २०७२ सालबाट सुरु भएको स्वास्थ्य बिमामा ढिला सुस्त नागरिकहरु आवद्व हुने गरेका छन् ।
अझै गरिविको रेखामुनि रहेका र कर्णालीका जिल्लाहरुमा लक्षित बर्गलाई बिमामा आवद्व गराउन भठिनाई भएको छ । जसले गर्दा कर्णालीका बिभिन्न जिल्लाबाट रेफरल सेवा लिने विरामीहरु सुर्खेत, नेपालगञ्ज, काठमाडौँ लगायतका महंगा शहरका बिमा सुचिकृत भएका अस्पतालमा जन्छन् अनि थाहा पाउछन् बिमा स्वास्थ्य बिमा के हो ?
हाल जनस्तरमा तथा बिशेष गरी संचार, शिक्षा कमी भएका ठाउँमा यावत समस्या र प्रश्नहरु को उत्तर बुझाउन सकिएको छैन ।
स्वास्थ्य बिमा भनेको के हो ? स्वास्थ्य बीमा बोर्डद्वारा संचालित स्वास्थ्य बिमा निजि कि सरकारी ? स्वास्थ्य बिमाका फाईदाहरु के के छन ? कति शुल्क लाग्छ ? एक पटकको शुल्क तिरेपछि उपचार नगर्दा के हुन्छ ? रेफर गर्दा झन्झटिलो छ ?
स्वास्थ्य बिमा दर्ता र लागु हुन्छ ? अनि नबिरकरण कहिले गर्नु पर्छ ? यि सबै प्रश्नहरु मध्ये केही पश्नहरुको उत्तरहरु प्रस्तुत गर्न जोखिएको छ ।
यसरी थाहा नहुँदा धरै ब्यक्तिहरुले जव अस्पतालमा २ वटा लाईन देख्छन् तव बिरामीले पैसा धेरै खर्च हुने र नहुने क्रम बिरामी नाम दर्ता बाटै छुटिन्छ । जव एक जनाको बिमितको एक लाख रकम मा १० हजार खर्च हुने र बिमा नहुनेको एक लाख अझ बढि नै खर्च हुने अवस्था देख्दा अस्पतालकै लाईन बाट धेरै फोन आउछ बिमा गर्न के गर्नु पर्छ ।
पछिल्लो पटक मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ का बल बहादुर बुढाले आफ्नि छोरी काठमाडौँ लिएपछि यस्तै गरी सोधे बिमा गर्न के गर्नु पर्छ दाई ?
गत जेष्ठ महिनामा मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर १ दोल्फु गाउँका पेमा टाँसीलाई टाँउकोमा गम्भिर चोट लागेर हेलिकप्टरमा सुर्खेत पुर्याईयो । अनि त्यहाँबाट काठमाडौँ ट्रमा सेन्टर ईमेर्जेन्सिमा गए फेरि उनकी श्रीमतिले यहि बिमा नगरेको कुरा दोहोर्याईन् ।
मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ का जानकार नरबहादुर रोकायाले अहिले आमा बिति सक्नु भयो । उहाँको उपचारमा जाँदा बिमाको महत्व थाहा पाएको कुरा सुनाउनु भयो ।
यी एक दुई उदाहरण मात्रै हुन् । हाल कर्णालीका धेरै जिल्ला र मुगु जिल्लाका स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रमका लागि दलित तथा लक्षित घरपरिवारको बिमा गरिएको भएपनि बिमा थैलिको सुविधा प्रकृया धेरैलाई थाँहा नहुँदा कोही बिमितले सेवा नै लिने गरेका छैनन् । कोही बिरामी तथा बारम्बार उपचार गरिरहुनु पर्नेले बिमा नै नगर्ने समस्या छ ।
हाल जिल्लामा स्वास्थ्य बिमाका सम्पर्क कार्यालय स्थापना गरेपनि स्थानीय तहमा स्वास्थ्य विमा बारे त्यति थाँहा छैन र तालिम पाएका दर्ता सहयोगी निस्क्रिय भेटिन्छन् । कति त हराईसके । हामी पनि कहिले कहिले मात्रै अलि अलि काम गर्छौं, मुगुम कार्मारोङ ९ का दर्ता सहयोगी अक्कल बुढाको गुनासो छ ।
यसलाई समाधान गर्न दर्ता सहयोगीलाई सक्रिय रुपमा परिचालन र सेवा स्थायीय संरचना सहित जनशक्ति परिचालन, बिद्यालय तथा अनौपचारिक शिक्षा र भेलाका कार्यक्रममा यसको जानकारी दिन आवश्यक छ । पाठ्यक्रममा स्वास्थ्य विमा कार्यक्रम समावेश, सुचना तथा संचार माध्यमबाट यसको प्रचारप्रसार गर्नुपर्दछ । जागरण, स्थानीय तहका बार्षिक निति तथा कार्यक्रमममा समावेश गरी नयाँ ढंगले स्वास्थ्य बिमालाई अगाढि बढाउनु जरुरी छ ।
बलि बहादुर बुढा, जनस्वास्थ्य निरिक्षक, स्वास्थ्य शाखा मुगुम बार्मारोङ गाउँपालिका, मुगु



