सडक दुर्घटना घटाउन सचेतना कार्यक्रम, चाकलको स्वास्थ्य जाँच

जुम्ला । बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि जुम्लामा सचेतना अभियान थालिएको छ । पछिल्लो समय जुम्लामा सवारीको चाप बढेसंगै दुर्घटनाको जोखिम बढेपछि दुर्घटना न्युनिकरण सचेता अभियान थालिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना शुक्रबार विहान बसपार्कमा चालकहरु स्वास्थ्य जाँच संगै दुर्घटना न्युनिकरण बारे अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकरुले चालकको प्रेसर,सुगर जाँच गरेका छन् । सडक दुर्घटना न्युनिकरण गर्न चालक नै सचेत हुनु पर्ने भएकाले उनिहरुलाई सचेत गर्न कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । उनका अनुसार जुम्लाबाट संचालन हुने छोटो तथा लामो दुरीका सबै चालकको स्वास्थ्य जाँच गरिएको छ। यात्रामा सबै ट्राफिक नियमको पालना गर्न समेत समेत सुझाईएको छ ।

मदिरा प्रयोग गरेर, क्षामता भन्दा बढी यात्रु राखेर गाडी नचलाउन समेत अनुरोध गरिएको छ । अधिकाश चालकमा प्रेसरबढि देखिएकोले खानपानमा समेत ध्यान दिन आग्रह गरिएको छ । 

कार्यक्रममा पत्रकार, नागरिक समाज, स्वास्थ्य कर्मी, ट्राफिक प्रहरी तथा चालकहरुको उल्लेखीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस