जुम्ला । जव मान्छे जन्मन्छ उस्ले आफ्नो मृत्यु सम्म केहिन केहि कर्म गर्नु पर्छ । जब मान्छे कर्मशिल बन्छ । उस्ले गरेका हरेक काम शिक्षा आर्जन , रोजगार , व्यापार व्यावसाय र राजनीतिक जुन सुकै काम उसको आफ्नो परिवार अनि समाजको स्वाभिमान , आत्मासम्मान र नैतिक पहिचान संग जोडिएको हुन्छ ।
ज्ञानेन्द्र बहादुर शाहि अघिल्लो चुनाव बाट निर्वाचित भएर संसद हुदै गर्दा हाल सम्म म र मेरो गाउँ को लागि केहि गर्नु भएको त छैन । तर मेरो जिल्ला र मेरो कर्णालीको लागि अन्य जिल्लाका माननीय ले भन्दा १० गुण काम गरेका छन् ।
संसद हलकै रेकर्ड सुन्दा अहिले पनि प्रष्ट हुन्छ । यो माने मा मैले मेरो जिल्लाको पुरै भौतिक संरचना , विकास का पुर्वाधार जस्ता अन्य शिर्षकमा विकास योजनाले परिवर्तनको अग्र स्थान लिएको छ भन्न खोजेको पनि होइन ।
म एक सक्षम स्वतन्त्र र अध्यनशिल र समाजमै हुर्केको नागरिक भएकोले मैले मेरो आफ्नो व्यक्तिगत चिन्तन र सामाजिक चासो राख्ने गर्दछु । सबैले ज्ञानेन्द्र शाहीले आफु सांसद हुदै गर्दा विकास गरेन उ त विकास गर्ने मान्छे होइन भन्दै गर्दा मेरो आफ्नै बुझाइ ले फरक मत लिएको छ । संसदीय राज्य प्राणी भएको मेरो देशमा मन्त्री मण्डल को गठन प्रक्रिया पनि हुन्छ भन्ने बुझ्न जरुरी हुन्छ । संसदको मुख्य काम भनेको नीति निर्माण गर्ने हो ।
हरेक क्षेत्रका संसदले आ-आफ्नो ठाउको कला सस्कृति , धर्म जाति वर्ग , लिङ्ग , भुगोल र त्यहाको समस्यालाइ जोडेर संसदमा बुलन्द आवाज उठाउने र त्यस्का लागि कानुन निर्माण गरि जनता लाइ सहजीकरण गर्नु संसदको मुख्य भुमिका हो । संसदमा निति निर्माण कानुन बनाउने , जनताको समस्य बोल्ने जस्ता कुरामा शाहि पहिलो नम्बरमा हुनु हुन्छ ।
अब रहयो विकास बिवादको कुरा :
विकासको गतिशील र प्रक्रिया भनेको आल्लै खाउ काच्चै खाउ मरि जाउ भन्ने खाले पनि हुदैन । विकासको प्रक्रिया भनेको क्रमागत हुन्छ । पहिलो कुरा त संसदले बजेट बिनियोजन गर्ने नै होइन । उस्ले पहल कदमि गर्ने हो । शाहिले हरेक क्षेत्रको बिकासको लागि जस्तै विजुलि , खानेपानी , सडक जस्ता भौतिक तथा पुर्वाधार विकासको लागि आफ्नो १००% दिएर पहल र मन्त्रालय लाइ झक्झकाएको हामिले पनि अनुभुती गरेका र देखेका पनि छौ ।
अन्तत: मैले माथि जोडेको छु ।
मान्छेले हरेक क्षेत्रमा कर्म गर्छ । आफ्नो काममा नाफा घाटा सहन सक्छ तर आफ्नो स्वाभिमान , पहिचान र आत्मा सम्मामा अपहेलित भएको सहदैन । हामी जुम्ली हौ जुम्ली नपुगेको देश र विदेशको कुनै ठाउँ सायदै छैन होला । हालको ४ वर्ष अघि हामीलाइ गरिने हाम्रै राज्य भित्रको नागरिक को व्यबहार हामीले अनुभुती नगरेका भने होइनौं ।
यो कुरा काहि कतै नागरिक अपहेलना संग जोडिएको महसुस हुने गर्छ । तर शाहिले गरेको एउटै काम हो नागरिक पहिचान , भौगोलिक पहिचान , आत्मा सम्माको कदर । जुन कुरा जुम्ला बस्नेले होइन पढाई र व्यापार व्यावसायको लागि घर बाहिर जानु भएका दाजुभाइ ले महसुस गर्नु हुन्छ । पहिला जुम्ली भनेर गरिने व्यबहार र अहिले जुम्ली भनेर गरिने व्यबहार मा फरक परिणाम त हामीले पाएका छौ ।
नोट : मैले आफु राजावादी , झोले र आफ्नो निजि स्वार्थ को लागि ज्ञानेन्द्र बहादुर शाहीको गुणगान गाएको भने होइन । म एक स्वतन्त्र युवा हु र म लाइ सबैभन्दा ठुलो कुरा आफु , आफ्नो आत्मा सम्मान र समाजको पहिचान लाग्ने गर्छ । जुन कुरा संसदहल मा शाहिले राख्नु भएकोले गर्वका साथ शाही लाइ मेरो सपोर्ट, समर्थन र सम्मान छ ।
लेखक भानुभक्त रोकाया हिमा ३ जुम्लाका स्थानीय हुन् ।



