जुम्ला । नेपाल विधार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति जुम्लाले विशेष भेला आयोजना हुने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गरी विशेष भेलाको आयोजना हुन लागेको हो ।
विहिबार जुम्ला स्थित मान सरोवर होटलमा विशेष भेलाको आयोजना गरिने नेविसंघ जुम्लाले जनाएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीप बहादुर शाहीको सहभागितामा चुनावी रणनीति तथा आगामी कार्ययोजना बारे बृहत्त छलफल गरिने भएको छ ।
चुनावलाई कुनै पनि हालतमा नेपाली काँग्रेसको पक्षमा पार्नका लागि निर्वाचन रणनीति र संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गरिने नेविसंघ जु्म्लाका अध्यक्ष महेश हमाले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ माघ ३० गते बुधवार



