समाजमा विद्यमान विभेद र बहिस्करण अन्त्य गर्नुपर्नेमा मानव अधिकार आयोगको जोड

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिस्करण अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्ताे बताएका हुन् ।

उनले समावेशीताको सवालमा अझै पनि समाजमा संरचनागत विभेद कायमै रहेको बताए । समावेशी लोकतन्त्र सुदृढ बनाउन सबै नागरिकले आफ्नो अधिकार सुनिश्चित गर्न सक्नुपर्ने भन्दै अध्यक्ष मगरले यसको लागि समावेशी आयोगले भुमिका खेल्नुपर्ने बताए । उनले समावेशीताको विषयमा सार्वजनिक बहस आवश्यक रहेको पनि उल्लेख गरे ।

उनले संविधान जारी भएपछिको निर्वाचनको तथ्यांक प्रश्तुत गर्दै विगतको तुलनामा समावेशीता मजबुत हुँदै गएको बताए । यद्यपि पूर्ण समावेशी राज्य संरचना बनिनसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस