जुम्लामा निर्वाचन लक्षित संचारकर्मीसंग अन्तरक्रिया

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी जुम्लामा संचारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । निर्वाचनको तयारी, हाल सम्म भएका कामबारे जानकारी दिन र संचारगृहले निर्वाचन अघि, निर्वाचनका बेला र पछि निर्वाह गर्नु पर्ने भुमिका बारे संचारकर्मीहरु संग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिपेन्द्र कँडेलले जुम्लाको निर्वाचन तयारीबारे हाल सम्म भएका कामबारे जानकारी दिए ।

उनका अनुसार जुम्लाका कुल ७१ हजार ७३९ मतदाता मध्य महिला ३४ हजा, २८० र पुरुष ३७ हजार ४५९ रहेको छ ।भने 

१४७ जनाको मतदाता नामावली अध्यवधि गरिएको छ । साथै जुम्लामा ३१०१जना नयाँ मतदाता थपिएका छन् । 

बदर मतको संख्या घटाउन जिल्लाका ६० वटै वडामा मतदाता स्वयमसेवक परिचालन गरिएको छ । फागुन ३ देखि १७ गते सम्म मतदाता शिक्षा कार्यक्रम संचालन हुने छ । निर्वाचन आयोगले पत्रकारहरुबाट निस्पक्ष सूचना तथा समचार प्रवाह गर्ने अपेक्षा गरेको छ । 

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले हाल सम्म तिन पटक आचारसंहिता बारे सर्वदलिय छलफल भएको, मतदाता शिक्षाका  लागि स्वयम सेवक परिचालन गरिएको, सुरक्षा प्रबर्द्वन तथा कर्मचारी खटन पटनको काम भएको बताए ।

हाल अस्थायी मतदाताको नामावली अध्यविध गर्ने, निर्वाचन सामाग्रीको व्यवस्थापनको काम भईरहेको छ । 

भने फागुन १५ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा मतगणनामा खटिने कर्मचारीलाई तालिम दिने कार्ययोजना छ । भने १८ गते सुरक्षाकर्मी र कमर्चारी निर्वाचन सामाग्री सहित मतदान स्थलमा खटाईने छ । 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश आनन्दराज पन्तले निर्वाचनलाई भयरहित वाताबरणमा सम्पन्न गर्न  संचारकर्मीले तथ्य र निस्पक्ष सूचना तथा समचार प्रवाहमा ध्यान दिनु पर्ने बताए ।

उनले भने,´निर्वाचनका बेला दिने हरेक सूचनाको महत्व हुन्छ । भ्रामक सूचना निर्वाचन समेत भाडिन सक्छ त्यसैले हरेक संचारगृह तथा संचारकर्मीले तथ्यपरक रुपमा मात्रैसूचना दिनु पर्छ `

मुख्य निर्वाचन अधिकृत पन्तले पत्रकार/संचारकर्मी पूर्वाग्राही भएपछि,दलगत रुपमा प्रचार गर्न थालेपछि पनि निर्वाचनकै पारदर्शिता र पत्रकारिताको पेशा माथि प्रश्न खडा हुने हुँदा निकै जिम्मेवारी पूर्ण रुपमा काम गर्न समेत संचारकर्मीलाई अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रहरी प्रशासन, मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोग र राजनीतिक दलहरूबीचको प्रभावकारी समन्वयले मात्रै निर्वाचन सभ्य, भयरहित र धाधलीरहित वाताबरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

जुम्लाका रहेका सबै पत्रकारहरुले हाल सम्म निस्पक्ष र तथ्य परक रुपमै सूचना तथा समचार प्रवाह गरिरहेकाले मतदान तथा मतगणना अवधिभर समेत जिम्मेवार पत्रकारको कर्तव्य पूरा गर्न अपिल गरे ।

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नौरते नेपालीले संचारकर्मीहरु सबैको साझा भएर काम गर्नु पर्ने बताए । ´निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो`,उनले भने,´चुनावमा फैलिन सक्ने भ्रामक सूचनाबाट आम नागरिकलाई सचेत बनाउन संचारकर्मीनै सभ्य हुनुपर्छ । तथ्य निस्पक्ष र सन्तुलित रुपमा सूचना समचार प्रकाशन गर्नु पर्छ । यसमा हामी सबैले ध्यान दिन जरुरी छ ।`

निर्वाचन आयोगको संचारकर्मीसंग अपेक्षा:

१. मतदाता शिक्षासम्बन्धी सन्देश तथ्यपरक, सरल र स्पष्ट रूपमा प्रवाह गर्ने।

२. मतदानको मिति, समय र प्रक्रियावारे सही जानकारी दिने।

३. पहिलो पटक मतदान गर्ने मतदातालाई लक्षित प्रेरणामूलक सामग्री निर्माण गर्ने।

४. मतदानलाई नागरिक कर्तव्यका रूपमा प्रवर्द्धन गर्ने।

५. कुनै पनि राजनीतिक दल, उम्मेदवार वा विचारधाराको प्रचार नगर्ने।

६. निर्वाचन आचारसंहिता तथा आयोगका निर्देशनको पूर्ण पालना गर्ने।

७. सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र अफवाहको खण्डनमा सहयोग गर्ने।

८. नाटक, अभिनय, गीत, कविता, स्केच र भिडियोमार्फत सन्देशमुखी सामग्री प्रस्तुत गर्ने।

९. महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत समावेशी मतदाताको सहभागिता प्रवर्द्धन गर्ने।

१०. मतदान केन्द्रमा पालना गर्नुपर्ने मर्यादा र व्यवहारबारे जनचेतना फैलाउने।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस