जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकीएपनि गाउँ केन्द्रित भएका राजनीतिक दलले ठुला चुनावी आमसभा गर्न थालेका छन् । जुम्लाका १० जना उम्मेदवार मध्य हाल सम्म काँग्रेस र राप्रपाले सिंजा क्षेत्र केन्द्रित कनकासुन्दरीमा शक्ति प्रर्दशन गरेका छन् ।
यस पटक १० जना उम्मेदवार मध्य ५ जना उम्मेदवार सिंजा क्षेत्रका छन् । राम्रो जनमत भएका नेपाली काँग्रेस दीप बहादुर शाही, अहिलेका चर्चित मानिएका राप्रपाका ज्ञानेन्द्र शाही बीच कसले बढी मत ल्याउने एकखालको प्रतिस्पर्धा चलेको छ ।
त्यसकै स्वरुप राप्रपाले कनकासुन्दरीमा शक्ति प्रर्दशन गरेपछि काँग्रेसले पनि मंगलबार आफ्नो राजनीतिक सामार्थ्य देखाएको छ । साथै राप्रपाले सिंजाको नराकोट पनि आफ्नो बृहत्त शक्ति प्रर्दशन गरेको छ ।
भने फागुन १७ गते अहिले सम्मकै ठुलो आमसभा सदरमुकाममा गर्नेतयारी भईरहेको राप्रपा जुम्लाले जानकारी दिएको छ । जुम्लालाई राष्टि्य र अन्तराष्टि्य जगतमा चिनाउने, कर्णालीलाई हेप्ने नेताको कठालो समाउने जस्ता लिखित एजेण्डा बिनै जनता माझ पुगेका राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले जनताको अनपेक्षित साथ पाईरहेका छन् ।

यता नेपाली काँग्रेसका सादगी तथा जिउँदो सहिदका रुपमा चिनिएका, लामो समय नेपाली काँग्रेसको नेतृत्व सम्हालेका नेता दीप बहादुर शाहीलाई जनताले साथ नदिने कुरा भएन् । जुम्लाको समृद्विका लागि शिक्षा,स्वास्थ्यमा सुधार तथा पूर्वाधार विकासका एजेण्डालाई काँग्रेसले प्रथामिकता दिएको छ । जनताको सच्चा सेवक भएर काम गर्ने काँग्रेस उम्मेदवार दीप बहादुर शाहीको अठोट छ ।
काँग्रेस र राप्रपाको शक्ति प्रर्दशनले सिंजा क्षेत्रबाट कसले बढीभोट ल्याउने भन्ने एकखाले प्रतिस्पर्धानै चलेको छ ।
तर पूर्व पत्रकार,समाजसेवी प्रलोपाका उम्मेदवार मनऋषि धितालले पनि टक्कर दिदै छन् । निकै शान्त वातारणमा चुनावी प्रचारमा गाउँ गाउँ पुगिरहेका धिताललाई जनताको राम्रै साथ छ ।

जुम्लामा संगठननै नभएको राप्रपा प्रतिको क्रेज देखेर अरु दलहरु त्रसित मानसिकतामा भने छन् ।



