जुम्ला । जुम्लामा दिउँसो १ बजेसम्म २३ हजार ६२५ मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा दिँउसो १ बजे सम्म २३ हजार ६२५ अर्थात कुल मतको ३२.९ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताए । उनका अनुसार कुल खसेको मत मध्य महिला ११ हजार ८२६ र पुरूष ११ हजार ८९७ रहेका छन्।
जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ । जसमा पुरुष ३७ हजार ४५९ र महिला मतदाता संख्या: ३४ हजार २८० रहेको छ ।
हाल सम्म जिल्लाका ११० वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भईरहेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते बिहिवार



