कांग्रेस तेस्रो स्थानमा खुम्चियो

जुम्ला – दोस्रो स्थानीय तहको निर्वाचिनमा ६ स्थानीय तह र २६ वडामा निर्वाचित नेपाली कांग्रेस पार्टी तेस्रो स्थानमा चुम्चिएको छ । कर्णाली प्रदेश सभा सदस्यसमेत संगठनका रुपमा ठुलो जनमत रहेको कांग्रेसका उम्मेदवार दिपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।

निर्वाचित राप्रपा उम्मेदवार ज्ञानबहादु शाहीले १४ हजार ८१६ मत प्राप्त गरेका छन् । नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरी पराजित भएका छन् ।
एमाले उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरेका छन् । देशभरबाट निर्वाचित हुर्दै गरेको रास्वापाका उम्मेदवार विनिता कठायतले भने जुम्लामा ४२१ मत प्राप्त गरेकी छन् । उनले आफ्नो धरौटी पनि फिर्ता ल्याउन सकिनन् । नेमकिपाका उम्मेदवार विर्खबहादुर रावतले ४ सय मत प्राप्त गरेका छन् ।


अपेक्षा गरेअनुसार मत परिणाम नआएपछि कांग्रेसी नेता कार्यकर्ता बीच आलोचनात्मक टिप्पणी सार्वजनिक गर्ने गरेका छन् । प्रेस यूनियन जुम्लाका अध्यक्ष प्रकाश उपाध्यायले सुधारिएको कांग्रेस भन्थे तर हरेलिए छ भनेर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यस्तै कांग्रेस युवा नेता धनश्याम थापा भन्छन् काग्रेसको चुनावी अवस्था हेर्ने हो भने नैतिकताका आधारमा सभापति गगन थापादेखि विभिन्न पदिय जिम्मेवारीमा रहेका व्यक्तिले नै पदबाट राजिनामा दिनुपर्ने हो भन्दै सोसस मिडियामा आलोचना गरेका छन् ।


काँग्रेसका ठेलमठेल नेताहरू भएको नगरपालिकामा समेत लज्जास्पद मत प्राप्त हुनु गम्भीर समिक्षाको बिषय भएको युवा नेता दानबहादुर बुढाले सोसल मिडियोमा आलोचना गरेका छन् । उनले भनेका छन्– कुनै पनि जुम्लाको काँग्रेसले गुठिचौरको काँग्रेस माथि औंला ठड्याउने नैतिक धरातल छैन । यो हाम्रो ठाडो चुनौती हो ।
जुम्लाको काँग्रेसमा देखिएको चरम गुटबन्दी, घात÷अन्तरघात र गुठिचौरको काँग्रेस प्रति देखाईएको हेपाह प्रवृति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । उनले भने, हामी सबै गम्भीर समिक्षाको मोडमा छौं । यस संकटपूर्ण घडीमा हामी भरपूर बिवेक प्रयोग गरेर अगाडी बढ्ने चेष्टा गर्ने छौं । समय बलवान् छ । सबै कुरा समयले बताउँनेछ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस