जुम्लामा समानुपातिक मत गणना सम्पन्न, नेकपा पहिलो दल

जुम्ला । जुम्लामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न हुँदा प्रत्यक्षमा पराजय भोगेको नेपाली कम्युनिष्ट पार्टी जुम्लामा पहिलो दल बनेको छ ।

समानुपातिक तर्फको खसेको कुल ४१ हजार ४५१ मध्य गणना भएको ४० हजार ११९ मत मध्य नेपाली कम्युनिष्ट पार्टीले १० हजार २०२ मत ल्याएर पहिलो दल बनेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताए । त्यसैगरी ९ हजार ३६० मत ल्याएर नेपाली काँग्रेस पार्टी दोस्रो दल बनेको छ ।

भने तेस्रोमा राष्ट्यि प्रजातन्त्र पार्टीले ६ हजार ५५२, मत ल्याएको छ । नेकपा एमालेले ६ हजार २९ मत ल्याएर चौथो दल बन्द देशभर आक्रमक बहुमत ल्याएको राष्टिय स्वतन्त्र पार्टीले जुम्लामा निकै कमजोर मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ११८ मत,नेपाल मजदुर किसान पार्टीले १ हजार ४२१, प्रगतिशील लोकतान्त्रिक पार्टीले २५६, श्रम संस्कृति पार्टीले २००, जनता समाजवादी पार्टीले १५९, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले १५८ मत, जनमत पार्टीले ४७ र राष्ट्रिय जनमोर्चा पार्टीले ३६ मत समानुपातिकतर्फ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाणमा उल्लेख गरिएको छ ।

समानुपातिक तर्फका १३ सय ३२ मत बदर भएका छन् । जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ जना रहेको थिए । जुम्लाबाट ५७ वटा राजनीतिक दललाई समानुपातिकतर्फ मत प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस