जुम्लामा ´वन डढेलो` सप्ताह सुरु, साता व्यापी जनचेतना मुलक कार्यक्रम गरिने 

जुम्ला ।  जुम्लामा वन डढेलो सप्ताह सुरु भएको छ । अनियन्त्रित मानवीय गतिविधिका कारण बढदो वन जंगल विनासलाई रोक्न साता व्यापी कार्यक्रम तय गरेर वन ढडेलो सप्ताह सुरु भएको हो ।

डिभिजन वन कार्यालय जुम्लाले वन डढेलो सप्ताहका कार्यक्रम तालिका सहित आईतबारदेखि सप्ताह सुरु भएको जानकारी दिए ।  वन डढेलोका कारण पछिल्ला वर्षमा ठुलो जनधनको क्षति भईरहेकाले त्यसलाई रोक्न सबैको साझा पहल जरुरी रहेको उल्लेख गरे । 

जुम्लामा हाल सम्म वन डढेलोबाट: ९१ करोड ७९ लाखबढीको  जनधनको क्षति भएको समेत बताए ।  चालु आवमा जुम्लाका ६ स्थानमा डढेलो लाग्दा झण्डै १ सय हेक्टर वनजंगलमा क्षति भएको छ । भने गत आव२०८१/०८२ मा २९ स्थानमा डढेलो लाग्दा अनुमानित ३३०.२८ हेक्टर क्षेत्रफल वन क्षेत्रमा क्षति पुगेको तथ्यांक छ ।

प्राकृतिक तथा अनियन्त्रीत मानवीय गतिविधिका कारण बढ्दो वन डढेलो रोक्न साता व्यापी कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने कार्ययोजना तयार रहेको वन डिभिजनका प्रमुख बुढ्थापाले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता महसंघका अध्यक्ष गोकर्ण चौलागाँईले डढेलो नियन्त्रणमा खटिने स्वयम सेवकलाई प्रोत्साहन गर्न छुट्टै कोष स्थापना गर्नु पर्नेमा जोड दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले वन डढेलो रोक्न एउटा निकायले मात्र चाहेर सम्भव नरहेकाले सबैको साझा पहल,समन्वय र सहकार्य जरुरी रहेको बताए । 

वन डढेलोबाट हुने क्षतिबाट बारे सबै  साक्षात्कार भएपनि डढेलो नियन्त्रणमा प्रभावकारी समन्वयको अभाव देखिएको उनको भनाई छ ।

यस्ता छन् साताव्यापी कार्यक्रम 

“वन डढेलो नियन्त्रणमा प्रभावकारित,तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मुल नारा सहित सुरु भएको वन डढेलो सप्ताहका लागि डिभिजन वन कार्यालयले सात दिनको कार्ययोजना तयार गरेको छ ।

जसमा चैत १ गते आईतबार(आज) सप्ताहको जानकारी र शभारम्भ भएको छ । भने चैत २ गते प्रचार प्रशार अभियान माईकिङ गर्ने,३ गते विधालय तथा समुदाय स्तरमा सचेतना कार्यक्रम गर्ने,४ गते सामुदायिक वनमा अग्नीरेखा  निर्माण प्रर्दशन गर्ने कार्ययोजना छ । 

५ गते सुरक्षा निकाय तथा वन समुहकालाई अभिमुखीकरण

गर्ने, ६ गते अभ्यास र प्रविधि प्रर्दशन गर्ने र चैत ७ गते समापन तथा प्रतिबद्वता अभिलेख गर्ने कार्ययोजना तयार पारिएको डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस