जुम्ला ।प्रधानमन्त्री सुशिला कार्की जुम्ला आउन लागेकी छन् । कर्णाली प्रदेशको मुगु हुदैँ जुम्ला भ्रमण गर्ने कार्य तालिका अनुसार प्रधानमन्त्री कार्की विहिबार जुम्ला आउन लागेकी हुन ।
विहान सुर्खेतबाट मुगु रारा तालमा पुग्नु भएको छ । भने दिउँसो १२ देखि १ बजेको बीचमा जुम्ला आईपुग्ने नम्बर २४ बाहिनी अड्डा जुम्लाले जनाएको छ ।
यता प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रधानमन्त्रीको भ्रमण अनौपचारिक भएको बताए । ´कुनै औपचारिक कार्यक्रम छैनन्`,उनलेभने,´मुगुबाट आएपछि बाईनीमा आराम गर्ने, सम्भव भएपछि कर्णाली प्राविधिक शिक्षालय सम्म पुग्ने भनिएको छ । यदपी औपचारिक कार्यतालिका छैन् । भोली चन्दननाथ मन्दिर दर्शन गरेर प्रधानमन्त्री फर्किने कुरा छ ।`
प्रधानमन्त्री सुसिला कार्कीले विहिवारको रात जुम्लामै बास बस्नु हुने छ ।
प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार



