जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्ला सदरमुकाम स्थित कर्णाली प्रदेशकै प्रशिद्ध चन्दननाथ मन्दिरको दर्शन तथा पूजा गरेकी छन् । विहिबार मुगुको रारा ताल हुदैँ जुम्लामा अनौपचारिक भ्रमणमा आउनु भएकी प्रधानमन्त्री कार्कीले शुक्रबार विहान चन्दननाथ मन्दिरको पुजा तथा दर्शन गरेकी हु्न् ।
शुक्रबार विहान प्रधानन्त्री कार्कीले करिब १५मिनेट विशेष पुजा गर्नुभयो । प्रधानमन्त्रीको पूजाको लागि मन्दिर आसपासको क्षेत्रमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेनाको कडा सुरक्षा व्यवस्था मजबुद बनाईएको थियो ।
निर्वाचन सफल बनाएकोमा धन्यबाद दिन कर्णाली आउनु भएकी प्रधानमन्त्री कार्कीको अनौपचारिक भ्रमणका क्रममा जुम्लाका सुरक्षा प्रमुख संग छलफल,कर्णाली प्राविधिक शिक्षालयको अनुगन तथा चन्दननाथ मन्दिरको दर्शन गरेर फर्किएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । उनका अनुसार मन्दिर दर्शनपछि देविदत्त गणमा खाजा खाएर फर्किनु भएको छ ।
कर्णालीको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्दननाथ मन्दिरमा प्रधानमन्त्री कार्कीले पूजाआजा गर्नु पर्यटन प्रवर्द्धनका सकारात्मक सन्देश जाने गुठी समितिले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बस्नु भएको थियो ।



