जुम्लाको तातोपानी गाउँपालिका स्वास्थ्य शाखाको तातोपानी स्वास्थ्य चौकीको शिविरमा १९२ जनाको आँखा चेकजाँच गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोग र तातोपानी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निशुल्क आखाँ तथा मोतियाविन्दु शिविरमा १९२ जनाको चेकजाँच गरिएको हो ।
जसमा पुरुष ६२ जना र महिला १३० जनाले सेवा लिएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए । उनले भने, शिविरमा २६ जनाको मोतियाविन्दु शल्यक्रियाका लागि छनौट भएका छन् । यसमा महिला १४ जना र पुरुष १२ जना रहेका छन् ।
निशुल्क आँखा तथा मोतियाविन्दु शिविरमा २६ जना छनौट भएका जेष्ठनागरिकको शल्यक्रिया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हुने जनाएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र १९ गते बुधवार



