हिमशिखर मा.वि. केन्द्र बाट परीक्षा संचालन भएको १२ मिनेटमै प्रश्नपत्र बाहियो

जुम्ला । तातोपानी गाउँपालिका वडा नं २ स्थित हिम शिखर मा.वि. परिक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको छ । परिक्षा संचालन भएको १२ मिनेटमै मंगलबार प्रश्नपत्र बाहिरीएको हो । 

परिक्षा मर्यादित बनाउन अनुगमन निरिक्षणलाई जोड दिएपनि जुम्लामा माध्यमिक शिक्षा (एसइइ) परिक्षा जुम्ला निकै अव्यवस्थित रुपमा संचालन भईरहेको पाईएको छ । 

मंगलबार संचालन भएको सामाजिक विषयको प्रश्नपत्र परिक्षा सुरु भएको १२ मिनेटमै एक प्रशिक्षार्थीले आउट गरेका हुन् । 

विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार, जुम्ला स्थित हिमशिखर माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट कालिका माध्यमिक बिद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी परीक्षा सुरू भएकाे १ मिनेटमै सामाजिक विषयको प्रश्नपत्र बाहिर पठाएका छन् ।

परिक्षा केन्द्रमा मोबाईल निशेष गर्ने निर्णय समेत भएपनि केद्राध्यक्ष र परिक्षामा खटिएका गार्डको प्रत्यक्ष संलग्नतामा प्रश्न बाहिरीएको आशंका छ । 

परीक्षा केन्द्र भित्र मोबाइल लैजान पूर्ण रूपमा निषेध गरिएको हुँदाहुँदै विद्यार्थीले सजिलै मोबाइल प्रयोग गर्नुले निरीक्षक र केन्द्रध्यक्षको भूमिका माथि प्रश्न खडा भएको छ ।

चैत १९ गते परिक्षा सुरु भएकै पहिलो दिनमै दुर्गा मा.वि लाम्रा परीक्षा केन्द्रमा उत्तरपुस्तिका नै गायव भएको भनिएको थियो ।पछि पुन नहराएको भनियो । त्यस पश्चात उक्त परिक्षा केन्द्रका केन्द्राध्यक्ष र निरिक्षकलाई हटाईएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रश्नपत्र बाहिरिएको विषयमा छानविन सुरु भईसकेको बताए । साझ साँझसम्म छानविन रिपोर्ट दिने गरी जनशक्ति परिचालन गरिएको उनको भनाई छ ।

शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख रछाने लोवारले प्रश्नपत्र बाहिरीएको विषयमा अनुसन्धान सुरु गरिएको बताए । ´प्रश्न पत्र आउट गर्ने विधार्थी, निरिक्षकलाई ´रेष्टीगेट` गर्न भनिसकेको छु` उनले भने,´प्रश्नपत्र आउट गर्ने विधार्थीको खोजी भईरहेको छ । तत्काल अनुसन्धान थालिएको छ । ढिलाई भए म आफै जाने तयारीमा छु ।`

प्रकाशित मिति : २०८२ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस