जुम्ला । प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता-२०८२ आजदेखि सुरु सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जुम्लाको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
जसमा पहिलो खेल जेआर कर्णाली बोर्डिङ स्कुल र ब्राईट फ्युचर बोर्डिङ स्कुल बीच भएको छ । प्रतियोगितामा जिल्लाका १२ वटा नीजि विधालयका १७ वटा टिम सहभागी छन् । उनका अनुसार छात्र १२ र छात्राको ५ टिम सहभागी हुने छन् ।
प्रतियोगिताको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले उद्घाटन गरे । उनले औपचारिक शिक्षा संगै खेलकुदले बालबालिकालाई अनुसाशित बनाउने भएकाले यो यस्ता प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे । साथै जुम्लामै रेफ्री उत्पादन गर्न एन्फासंग सहकार्य गरी नगरपालिकाले लगानी गर्ने समेत प्रतिबद्वता व्यक्त गरे ।

एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले खेलकुदमा आबद्व भएका कुनै पनि बालबालिका कुलतमा नफस्ने भएकाले खेलको महत्व गाउँ गाउँमा बुझाउनु पर्ने बताए । प्याब्सनले पहिलो पटक आयोजना गरेर खेल अनुशासन देखाउने प्रयास गरेकोमा धन्यबाद दिए । जुम्लाका आठै पालिकाले रेफ्रि उत्पादन गर्न लगानी गर्न पर्नेमा जोड दिए । तर स्थानीय तहले खेल क्षेत्रमा अपेक्षित लगानी नगरेको उल्लेख गरे ।
जुम्ला जिल्लाको शैक्षिक तथा खेलकुद इतिहासमा पहिलोपटक प्राथमिक तहका बालबालिकाहरूलाई लक्षित गरी प्याब्सन जुम्लाले एक ऐतिहासिक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित भएको प्याब्सनका अध्यक्ष लामाले उल्लेख गरे ।

विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्नुः छात्र-छात्राहरूमा खेलकुद सम्बन्धी रुचि र क्षमता विकास गर्नु यसको मुख्य ध्येयले खेलको आयोजना गर्न लागिएको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले प्रतियोगिताले विद्यार्थीको शारीरिक दक्षता, रणनीतिक सोच, टीमवर्क, अनुशासन र नेतृत्व क्षमता गर्ने,अभिवृद्धि गर्दै भविष्यका लागि प्रतिभा पहिचानमा सहयोग पुऱ्याउने, स्वास्थ्य र खेलकुद गतिविधिमा सहभागीता बढाउने विश्वास व्यक्त गरे ।



