जिल्ला स्तरीय प्रतिभा पहिचान: विज्ञान प्रदर्शनीमा कनकासुन्दरी र चित्रकलामा ब्राईट फ्युचर प्रथम

जुम्ला । जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय जुम्लाको चालु आवको स्वीकृती वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सोमवार भएको हो ।

जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विज्ञान प्रर्दशनीमा कनकासुन्दरी मावी लुड्कु र चित्रकला प्रतियोगितामा चन्दननाथ नगरपालिकाको ब्राईट फ्युचर बोर्डिङ स्कुल प्रथम भएका छन्  । 

विज्ञान प्रदर्शनीतर्फ कनकासुन्दरी माध्यमिक विद्यालयका राधिका बुढा र सागर बुढा प्रथम भएका हुन्  ।  त्यसैगरी सरस्वति माध्यमिक विद्यालयका दिक्षित बुढा द्वितीय र कर्णाली माध्यमिक विद्यालयका गोपाल कठायत तृतीय भएका छन् । 

साथै चित्रकला प्रतियोगितातर्फ ब्राईट फ्युचर देउली स्कुलका रमिता बोहोरा प्रथम प्रथम भईन् ।  भने कनिका निशाका सुधन रावल द्वितीय, नेत्र ज्योति माध्यमिक विद्यालयका रोशन सार्की तृतीय र कालिका आधारभुत विद्यालय लिहीकी दिलिसा सार्की सान्त्वना सान्तावना भएकी छन ।

दुबै विधामा प्रथम, द्वित्तीय,तृत्तिय र सान्तोवना हुनेलाई क्रमश:ल५ हजार, ३ हजार, २ हजार र १५ सय नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ । 

प्रतियोगितामा उत्कृष्ट आउने विधार्थीलाई प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पुरस्कार वितरण गरेका थिए । प्रजिअ पौडेलले प्रतियोगिताले विद्यार्थीहरुको लुकेको प्रतिभा उजागर भएको बताए । 

चित्रकला र विज्ञान प्रर्दशनी मार्फत विधार्थीले वन वाताबरण, विज्ञान र प्रविधिबारे प्रष्ट झल्काएको उल्लेख गरे । यस्ता प्रतियोगिता पालिकास्तरमा वर्षेनि हुनु पर्नेमा जोड दिए।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले प्रतियोगिताबाट दुबै विधामा प्रथम भएका कनकासुन्दरी मावि र ब्राईट फ्युचर बोर्डिङका विर्धाथीलाई प्रदेशमा पठाईने बताए । 

जेठ १७ गते सुर्खेतमा हुने प्रदेशस्तरीय प्रतियोगितामा जुम्लाबाट सहभागी पठाईने छ ।  साथै जुम्लाका आठ पालिका मध्य चन्दननाथ, कनकासुन्दरी, तिला र तातोपानी सहभागि भएका थिए । हिमा, सिंजा, पातारासी र गुठिचौर सहभागि भएनन् ।

 जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ जुम्लाले गरेको थियो । महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले बालबालिकाको क्षामता विकासका लागि प्रतियोगिताले टेवा पुराउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस