चन्दननाथ गुरूकुल पाठशाला  व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार उपाध्याय 

जुम्ला । जुम्लाको  चन्दननाथ गुरूकुल पाठशालाको नयाँ  व्यवस्थापन  समिति  गठन गरिएको  छ ।  कृष्णमाया उपाध्यायको अध्यक्षतामा ७ सदस्यीय  व्यवस्थापन  समिति  गठन गरिको हो ।   सर्वसहमतिबाट समिति  गठन गरिएको  हो । 

चन्दननाथ भैरवनाथ गुठि अन्तरगत सञ्चालन  हुँदै  आएको पाठशालाको अभिभावक भेला मार्फत  समिति  गठन गरिएको  पाठशालाका  प्रधानाध्यापक विश्वराज उपाध्यायले जानकारी दिए । 

जसमा रत्न प्रसाद रोकाया, रामसिंह रावल, संगीता न्यौपाने, वडा प्रतिनिधिमा  चन्दननाथ नगरपालिकाकोवडा नम्बर  ५ कन वडा अध्यक्ष विर्ख बहादुर कार्की, सदस्य  सचिव विश्वराज उपाध्याय र  शिक्षक  प्रतिनिधीमा तिलक प्रसाद उपाध्याय रहनु भएको छ । 

 ब्राह्मण समुदायका मात्र भएर संस्कृत  पढ्न  चाहने सबै समुदायका  बालबालिकाले अहिले गुरूकुल पाठशालामा अध्ययन गर्दै  आएका छन्  । 

जसमा सल्लाहकार  समिति समेत  गठन गरिएको  छ । जसमा दयादत्त हमाल, पूर्णशेखर देवकोटा पूर्ण सिह कठायत र चन्दननाथ भैरवनाथ  गुठी  व्यवस्थापन  समितिका अध्यक्ष  अम्मर थापा सल्लाहकार  समितिमा रहेका छन्  ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया दिनुहोस