जुम्लामा विश्व वातावरण दिवसमा ‘एक बालबालिका, एक बिरुवा’ अभियान सञ्चालन हुने

जुम्ला ।  विश्व वातावरण दिवसको अवसरमा जुम्लामा ´एक बालबालिका,विरुवा विरुवा` अभियान सञ्चालन हुने भएको छ । 

 वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक नेपाल) को सहजीकरणमा जुम्लामा ‘एक बालबालिका, एक बिरुवा’ नामक राष्ट्रिय अभियान सञ्चालन गरिने भएको हो ।

हरेक वर्ष जुन-५ तारिखमा मनाईने विश्व वातावरण दिवसको अवसरमा वल्ड भिजन ईन्टरनेश्नलको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरेका जिल्लामा  एक बालबालिका, एक विरुवा अभियान संचालन गरिने छ । 

अभियान अन्तर्गत जुम्लामा करिब ८० हजार बालबालिका परिचालन हुने छन् भने, उक्त अभियान अन्तर्गत जुम्ला जिल्लाका पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका २३ सय बालबालिका सहभागी हुने किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक शिव चन्द्र कार्कीले बताए ।

उनका  अनुसार  अभियानमार्फत बालबालिकाले जलवायु परिवर्तन तथा बढ्दो विश्वव्यापी तापक्रमका चुनौतीविरुद्ध आफ्नो भविष्य सुरक्षित बनाउन व्यक्तिगत, विध्यालय र समुदायमा वृक्षारोपण गर्नेछन्। अभियान अन्तर्गत २ हजार ३ सय धुपि र किमका बिरुवा र ५ सय  जति स्थानीय जातका अन्य बिरुवा रोपिनेछन्।

वल्र्ड भिजनले बालबालिकालाई जलवायु परिवर्तनका असर र त्यसबाट उत्पन्न समस्याको समाधानमा सक्रिय सहभागी गराउने उद्देश्यले यो अभियान सुरु गरेको जनाएको छ। अभियानका क्रममा बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा वृक्षारोपण गर्ने छ ।

स्थानीय पारिस्थितिकीय प्रणालीअनुसार उपयुक्त बिरुवाको छनोटका लागि स्थानीय सरकार तथा जिल्ला वन कार्यालयसँग आवश्यक समन्वय गरिएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस