जुम्ला । अहिले पनि यूवा पुस्ता गुनासोबाट ग्रसित छ । घर होस् वा बाहिर व्यक्तिगत वा सार्वजनिक चासोको सवालमा सधै गुनासो मात्रै गरेको देखिन्छ । जसले गर्दा सार्वजनिक जवाफदेहिताका क्षेत्रमा प्रश्न मर्दै गएको छ । प्रश्न मर्दै जाँदा सामाजिक न्याय, जवाफदेहिता, सुशासन कमजोर मात्रै भएको छैन् ।
समाजमा समयमै बाटो बनेनन्, खानेपानी पुगेन्, सरसफाई भएन् भन्ने गुनासो मात्रै बढ्यो । तर किन के कारणले भएन भन्ने प्रश्न अझै शसक्त रुपमा उठ्न सकेको छैन् । त्यसैले गर्दा अब यूवा पुस्तालाई गुनासो होईन तथ्यका आधारमा प्रश्न गर्ने बानीको विकास गराउन जुम्लामा सार्वजनिक भाषण कला तथा नेतृत्व विकास सम्बन्धि पाँच दिने तालिमको आयोजना गरिएको थियो ।
सार्वजनिक भाषण, पत्रकारिता र समुदायमा नेतृत्व गर्न ईच्छा शक्ति भएका चन्दननाथ नमुना माध्यमिक विद्यालयका २० जना विद्यार्थीको सहभागीतामा शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको आयोजनामा असार १५ गतेदेखी सुरु भएको ‘विद्यार्थी उद्यमशीलता विकासका लागि सार्वजनिक भाषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिममा उद्घोषण, सार्वजनिक मन्तव्य, नेतृत्व विकास, रेडियो पत्रकारिता, यूवा शसक्तिकरण, उद्यमशीलता विकास लगायतका विषयमा सिकाइएको थियो । बोली, कला कौशल बेचर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदेश्यले संचालित तालिममा विद्यार्थीहरुलाई औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालन, सार्वजनिक कार्यक्रम राख्ने मन्तव्य, सार्वजनिक चासोका विषयमा प्रश्न गर्ने शैली, तथ्यको खोजी, सही सूचनाको विष्लेषण, सकरात्मक सोचको विकास लगायतका विषयमा पाँच दिनसम्म प्रशिक्षण दिइएको हो ।

कर्णाली मिसनका प्रकाशक तथा प्रधानसम्पादक सागर परियार, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नौरते नेपाली, बीबीसी संवाददाता कृष्णमाया उपाध्यायले तालिममा प्रशिक्षण दिएका थिए । शुरुका दिन परिचय दिन, माईक समाउन, अभिव्यक्ति राख्न, मनका कुरा बोल्न समेत डराईरहेका विद्यार्थीले शुक्रबार सम्पन्न कार्यक्रममा निकै निर्धक्कका साथ अनुभव सुनाएका थिए । विद्यार्थी विजय पाण्डेले पाँचको दिनको तालिमले मनको डर पुरै अन्त्य गरिदिएको बताए ।
तालिमको सुरुको दिनमा अभिव्यक्ति राख्नु वा कसैलाई प्रश्न गर्नु पहिला मनको डर कसरी भगाउने भनेर अपेक्षा राखेका पाण्डेले भने,‘बोल्नेको मिठो बिक्छ, नबोल्नेको चामल विक्दैन् भन्ने तथ्यलाई पाँचको तालिमले पृष्टी गरेको छ । नेतृत्व विकासदेखी बोल्ने कलाका विषयमा धेरै कुरा सिकेरै बोल्न सक्ने भयौ । आगामी दिनका यस्ता कार्यक्रमको ल्याउन अनुरोध छ ।’

सहभागी छात्रा गिता बुढाले अनुभव सुनाउदै भनिन,‘समयको विकासले फड्को मारेपनि अभिव्यक्ति राख्ने सवाल अझै शसक्त बनेको छैन् । कसरी बोल्ने, प्रश्न कसरी गर्ने भन्ने विषयकै अन्यौलताले हामी पछी परेका थियौ । यो तालिमले धेरै कुरा सिकाएको छ । अब व्यक्तिगत जीवनमा लागु गरी आफ्ना विचार र धारणाहरु सबैमाझ राख्ने सोचमा छौ ।’
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रछाने लोहारले देश विकासका मेरुदण्ड यूवा जनशक्तिलाई सार्वजनिक भाषणकला तथा नेतृत्व विकासमा सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए । अहिले बालबालिकामा कसरी बोल्ने, कसरी प्रश्न गर्ने, भन्ने अन्यौलता छ ।

उनले भने,‘अझै सार्वजनिक कार्यक्रममा बालबालिकाको सहभागी देखिन्न् । राष्टिय स्तरका बक्तृत्वकलामा पनि जुम्लाको सहभागीता भएको छैन् । विद्यार्थी ढुक्कले बोल्न सिकाउन, समुदायको नेतृत्व लिने आँट गरुन भनेर तालिम संचालन गरिएको हो । यसले थोरै भएपनि क्षामता विकासमा टेवा पुगेको विश्वास छ ।’
चन्दननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक बहादुर महतले आफ्नो विद्यालयलाई छनोट गरी महत्वपूर्ण विषयको तालिम प्रदान गरेकामा धन्यबाद दिए । विद्यालय स्तरमा आगामी दिनमा क्षामता विकास, बालबालिका शसत्तिरकणका कार्यक्रम ल्याउन अनुरोध गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले पाँच दिने तालिममाले चन्दननाथमा कुशल उद्घोषण, कुसल यूवा नेता, तथा सार्वजनिक चासोका विषयका सधै प्रश्न गर्ने क्षामतावान विद्यार्थी उत्पादन गरेको गरेको बताए ।




