मुगुमा श्रमदानद्धारा जीर्ण झुलङ्गे पुल मर्मत, स्थानीयलाई राहत

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १ (साविकको श्रीनगर गा.वि.स.) मा विगत लामो समयदेखि जिर्ण अवस्थामा रहेको झुलङ्गे पुल स्थानीय नागरिकहरूको सक्रियता र श्रमदानबाट मर्मत सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) हेल्भेटास (HELVETAS) द्वारा करिब १५ वर्ष अगाडि निर्मित छत्यलवाडा गाउँदेखि गमगढी जोड्ने उक्त पुल मर्मत नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा निकै सास्ती भइरहेको थियो। विशेष गरी विद्यालय जाने साना विद्यार्थी बालबालिकाहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।

यस समस्यालाई दृष्टिगत गरी सम्भावित दुर्घटना रोक्ने र नागरिकको दैनिक आवतजावत सहज बनाउने मुख्य उद्देश्यका साथ आज मिति २०८३ श्रावण १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुका जिल्ला सभापति बिर्ख बहादुर मल्लको नेतृत्वमा मर्मत कार्य गरिएको हो। रास्वपा जिल्ला कार्यसमितिका पदाधिकारीहरू तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति र पूर्ण श्रमदानमार्फत पुलको मर्मत कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय सरकारप्रति आक्रोश
मर्मत कार्यकै क्रममा स्थानीयहरूले स्थानीय सरकारको उदायएन्ता वडा कार्यालय ले चाहेको खण्डमा केही घण्टामै समाधान हुन सक्ने यस्ता सामान्य समस्याहरू वर्षौंसम्म उपेक्षित हुनु विडम्बनापूर्ण रहेको उनीहरूको भनाइ छ। “यहाँ हरेक छन्।

आजैबाट पुल पूर्ण सञ्चालनमा
श्रमदान अभियानका नेतृत्वकर्ता सभापति बिर्ख बहादुर मल्लले आजको कार्यलाई सार्थकता दिन श्रमदान र उपस्थिति जनाई सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय तथा पदाधिकारीहरूमा धन्यवाद एवं हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। मर्मत सम्भार पश्चात् आजकै मितिदेखि उक्त झुलङ्गे पुल पूर्ण रूपमा सुरक्षित र सहज रूपमा आवतजावत गर्न मिल्ने गरी सञ्चालनमा आएको जानकारी गराइएको छ।

उपस्थिति:
श्रमदान अभियानमा रास्वपा मुगुका जिल्ला सभापति बिर्ख बहादुर मल्ल, राजेन्द्र बहादुर शाही, डा. उदय मल्ल, राजेन्द्र शाही, समाज हमाल, रामु बिक, विजय प्रताप मल्ल, प्रविन मल्ल, ककेस शाही, नन्द बहादुर मल्ल, आकाश नेपाली, खगेन्द्र हितान, र सोविन्द्र मल्ल लगायत ठूलो संख्यामा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस