छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख श्री विष्णु कुमार भामले आफ्नो ५९ महिनाको कार्यकालमा प्राप्त हुने व्यक्तिगत सेवा-सुविधाको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको छ। स्थानीय सरकारमा पारदर्शिता र जवाफदेहिताको नयाँ नजिर प्रस्तुत गर्दै नगर प्रमुख भामले आफूले पाउने सम्पूर्ण सेवा-सुविधा जनताकै हित र कल्याणकारी कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरण अनुसार नगर प्रमुखको मासिक तलब ३८,००० रुपैयाँ, वार्षिक ४,९४,००० रुपैयाँ र अन्य सुविधासहित पाँच वर्षको कुल सेवा-सुविधा करिब २८ लाख १४ हजार हुन आउँछ। जनताको करबाट सञ्चालन हुने स्थानीय सरकारका जनप्रतिनिधिले पाउने सेवा-सुविधाबारे नागरिकले प्रश्न उठाउनु स्वाभाविक भएको र यसबारे जानकारी पाउनु जनताको अधिकार भएको उहाँले स्पष्ट पार्नुभयो।
विकासको नयाँ परिभाषा र प्राथमिकता
नगर प्रमुख भामले ठूला भवन र सडकलाई मात्र विकास मान्न नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँको एउटा सार्वजनिक धारा, यात्रु बस्ने चौतारो, विद्यार्थीले पढ्न पाउने कापी-कलम र विपन्न परिवारलाई प्राप्त हुने सानो राहतले पनि नागरिकको जीवनमा ठूलो अर्थ राख्छ। त्यसैले हाम्रो प्राथमिकता ‘ठूलो देखिने योजना’ भन्दा ‘जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना’ हुनुपर्छ।
नगर प्रमुख ले आफुले पाउने सेवा सुविधा बाट पाएको सेवा खर्च।
शैक्षिक साग्राि वितरण म रु८०००००
दलित तथा विपन्न वर्गका बालबालिका हरुलाइ नयानो कपडा वितरण म रु:४६००००
विपत बाट प्रभावित भएको व्याक्तिहरु लाई राहत वितरण रु:४००००
पाटि पौवा खानेपानि धारा निर्माण तथा मर्मत:४०००००
अन्न छायाँनाथ रारा नगरपालिका का सबै वडा म पग्ने गरि काम हुने जानकारि गरेएका छन।
आगामी २०८४ जेठ २० गतेबाट विशेष कार्यक्रम
सार्वजनिक गरिएको सेवा-सुविधाको रकमलाई विभिन्न शीर्षकमा विभाजन गरी आगामी वर्ष २०८४ साल जेष्ठ २० गतेबाट लक्षित क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ। यो कार्यक्रम छायाँनाथ रारा नगरपालिका र छिमेकी मुगुम कार्मारोङ गाउँपालिकाका सम्बन्धित विद्यालय, वडा तथा स्थानीय आवश्यकताहरूको पहिचान गरेर प्राथमिकताका आधारमा सञ्चालन गरिनेछ।
कुन ठाउँमा बढी आवश्यकता छ, कुन विद्यार्थी वास्तवमै विपन्न छन्, कुन समुदायलाई तत्काल सहयोग आवश्यक छ र कहाँ सार्वजनिक संरचना बनाउनुपर्ने हो भन्ने विषयमा सम्बन्धित निकाय तथा स्थानीय समुदायसँग प्रत्यक्ष समन्वय गरेर मात्र कार्यक्रम कार्यान्वयन गरिने नगर प्रमुख भामले स्पष्ट पार्नुभएको छ।




