जुम्ला । जुम्लाको पाँचौँ जुम्ला कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३ आज भदौ ५ गते आज उद्घाटन भएको छ।
जुम्लाको कृषि उत्पादन, पर्यटन, कला–संस्कृति तथा स्थानीय उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादन तथा व्यवसायलाई प्राथमिकता दिइएको छ।
महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, स्थानीय हस्तकला तथा विभिन्न औद्योगिक सामग्रीको प्रदर्शनी तथा बिक्रीका साथै स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै जुम्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ।
आयोजकका अनुसार महोत्सवमा विभिन्न क्षेत्रका सरोकारवाला, व्यवसायी, कृषक, पर्यटन व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहनेछ। महोत्सवले जुम्लाको आर्थिक, पर्यटन तथा सांस्कृतिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।




