लागु औषध (चरेस) सहित १ जना २५ वर्षीय युवक पक्राउ

जुम्ला — जुम्ला प्रहरीले लागुऔषध (चरेस) जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–५ श्रीनगर निवासी २५ वर्षीय सुवास डाँगीलाई मङ्गलबार पक्राउ गरिएको हो।


गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले डाँगीको घरमा रीतपूर्वक खानतलासी गर्दा कालो पदार्थ फेला पारेको थियो। उक्त पदार्थ लागुऔषध (चरेस) जस्तो देखिएपछि प्रहरीले बरामद गरी मान्यता प्राप्त तराजुमा नापतौल गर्दा ८ ग्राम ४३० मिलिग्राम रहेको जनाएको छ।


प्रहरीले बरामद पदार्थसहित डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला अदालत जुम्लाबाट म्याद थप गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस