तातोपानी-५ मा बालमैत्री स्थानीय शासन वडा घोषणा तयारी गोष्ठी 

जुम्ला ।  तातोपानी गाउँपालिका वडा नं. ५ मा बालमैत्री स्थानीय शासन वडा घोषणा पूर्व दिगोपनका लागि रणनीति योजना तयारी कार्यशाला गोष्ठी सुरु भएको छ । 

तातोपानी गाउँपालिकाका ८ वटा वडामध्य पहिलो चरणमा वडा नं. ३ र ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने अभियान अन्तरर्गत सूचकहरुकौ कार्यान्वयन तथा हालको अबस्थाका विषयमा छलफल गर्न दुईदिने कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

तातोपानीमा वडा नं. ३ र ५ लाई चालु आर्थिक वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान तिब्र रुपमा संचालन भईरहेको  छ । 

जसअन्तरर्गत बुधबार वडा नं. ५ का वडा अन्तरर्गतका विभिन्न सरोकारवाला व्यक्तिहरको सहभागितामा बालमैत्री स्थानीय शासन वडा घोषणाका ५१ वटा सूचकहरुको बारेमा छलफल गरिएको छ ।

गाउँपालिकाको समन्वयमा सेभ द चिल्डे्रनद्धारा संचालित सहयात्रा तेस्रो परियोजना मार्फत दुईदिने गौष्ठीको आयोजना गरिएको थियो । 

गोष्ठीको पहिलो दिन सहयात्रा तेस्रो परियोजनाका संयोजक प्रकाश शाही, महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवाल, पोषणा सहजकर्ता पार्वती गौतम विष्ट र किर्डाक नेपालका बालमैत्री स्थानीय शासन अभियान अधिकृत धन बहादुर विष्टले  ५१ सूचकको कार्यान्वयनको अबस्थाका विषयमा प्रस्तुतीकरण राखेका थिए ।

बालबालिका सवालमा गहन छलफल समेत भएको थियो । अधिकांश सूचक ९० प्रतिशत पूरा भईसकेकोले शत प्रतिशत पुराउन वडाका सबै स्टेक होल्डरहरु सक्रिय भएर काम गर्नका लागि समेत छलफल गरिएको छ । 

पोषण, खाद्य सुरक्षा, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपन्क्षी लगायतका सर्बै सूचक पुरा गर्न लागि पर्ने समेत प्रतिबद्धता गरेका छन् । गोष्ठी विहिबार समापन हुने छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस