मधु बिष्टद्वारा पातारासीका ७३ घरधुरीलाई राहत वितरण 

जुम्ला । रसुवा विनासकारी बाढीमा हालसम्म सम्पर्क विहिन रहेका तथा सम्पर्कमा आई घर फर्किएका परिवारलाई मधु बिष्ट राईले राहत वितरण गरेकी छन् । पातारासी-६ उर्थु जन्मघर भई हाल काठमान्डौ बसोबास गर्ने मधुले व्यक्तिगत रुपमा बाढी प्रभावित पातारासीका ७३ जनालाई खाधन्न सहयोग गरेकी हुन् ।

रसुवा बाढीमा परि हालसम्म बेपत्ता रहेका ४९ जना र सम्पर्कमा आएर घर फर्किसकेका गरी ७३ जनालाई एक बोरा चामल, एक कार्टुन तेल उपलब्ध गराईएको छ । भने केहि गर्भवती महिलालाई नगद पनि दिईएको छ । पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार सम्पर्क विहिन तथा सम्पर्क मा आएका ७३ जनाको परिवार लाई घरमै पुगेर राहत संगै सान्तोवना पनि दिईएको छ । 

भने तीन जना गर्भवती महिलालाई एक हजारका दर नगद पनि दिईएको छ । रसुवा बाढीमा पातारासीका यूवा पनि बेपत्ता भएको कुरा सुने लगत्तै जुम्ला पुगेकी मधु बिष्ट राईले करिब ४ लाख बराबरको राहत सामग्री वितरण गरेकी छन् । 

´आफ्नो जन्मघर माईतीहरु दुखमा पर्दा मैले थोरै मलम लगाउन खोजेकी हुँ` मधुले भनिन,´रित्तै घरभेटमा जानु भन्दा सान्तवना दिन, गाउँपुग्दा सकेको सहयोग मात्र गरेको हुँ । पिडितहरुको राहत पुर्नस्थापनामा राज्य नलागी हुन्न । आफन्त हराएको पिडामा विक्षिप्त पातारासीलाई माथि उठाउन सबैको हातेमालो र सहकार्यको जरुरी छ ।`

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस