जुम्ला । तातोपानी गाउँपालिकाले राष्ट्यि शिक्षा दिवस विभिन्न कार्यक्रम मनाएको छ । जिल्लाका आठ स्थानीयतह मध्य तातोपानीले मात्रै राष्ट्यि शिक्षा दिवस विभिन्न कार्यक्रमका बीच मनाएको हो ।
दिवसका अबसरमा पालिका स्तरीय बृहत्त शैक्षिक मेला, स्थानीय सिकाई सामाग्री तथा विद्यालय दिवा खाजा परिकार प्रर्दशनी गरिएको थियो । सामुदायिक विद्यालय तथा शैक्षिक अबस्था सुधारका निम्ती दातृ निकायसंग समन्वय तथा साझेदारी गर्दै उल्लेखीय लगानी गर्दै आएको तातोपानीले शिक्षा दिवसमा उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत समेत गरेको छ ।
सामुदायिक विद्यालयमा बालबालिकाको आर्कषण बृद्धि गर्न कर्णालीमै पहिलो अर्गानिक दिवा खाजाको सुरुवात गरेको तातोपानी प्रदेशका ७९ वटै स्थानीयतहका लागि प्रेरणा बनेको छ । जिल्लाका सात पालिकाले बेवास्ता गरिरहेको अबस्थामा तातोपानीले मात्रै भव्यताका साथ शिक्षा दिवस मनाउनु शिक्षा प्रति तातोपानी गम्भीर र चिन्तीत छ भन्ने उदाहरण हो ।

यसैबीच दिवसका अबसरमा आयोजित पालिका स्तरीय शैक्षिक मेला, स्थानीय सामग्री प्रर्दशनमा दुर्गाा माध्यमिक विद्यालय प्रथम भएको छ । शैक्षिक मेला तथा स्थानीय सामग्री प्रर्दशनमा पालिकाका १९ वटा विद्यालय सहभागी भएकोमा दुर्गा मावि उत्कृष्ट सावित हुदँै प्रथम भएको हो ।
त्यस्तै पैकेला आधारभूत विद्यालय दोस्रो, हिम शिखर माध्यमिक विद्यालय तेस्रो र कालिका आधारभूत विद्यालय हियाखोला सान्तोवना भएको हो । साथै विद्यालय दिवा खाजा परिकार अन्तरर्गत तातोपानीका विद्यालयमा खुवाईने सबै पकिार बनाइएको थियो । कार्यक्रममा सहभागी अतिथिहरुलाई दिवा खाजा अन्तरर्गत बनाइएका विभिन्न परिकार खुवाइएको थियो ।
साथै दिवसका अबसरमा पालिकाका २९ वटा विद्यालयका १५६ जना शिक्षक मध्य ५ जना शिक्षक, एक जना विव्यस अध्यक्ष र एकजना परिचरलाई पुरस्कृत गरिएको छ । जसमा मावितर्फको उत्कृष्ट प्रधानाध्यापक तर्फ हिम शिखर माविका प्रअ धन बहादुर रोकाया, आधारभूत तर्फ उत्कृष्ट प्रअका रुपमा कालिका आवि हियाखोलाका प्रअ रमेश न्यौपाने, उत्कृष्ट विद्यालय जनजागृती मावि बारागाउँ, उत्कृष्ट शिक्षक तर्फ कालिका मावि टोप्लाका प्रअ मान बहादुर शाही पुरस्कृत भएका छन् ।

भने उत्कृष्ट बाल विकास सहजकर्ताका रुपमा सुन्दर मणी आविकी सुमृता नेपाली, उत्कृष्ट परिचरतर्फ भवानी आवि जर्मीका सन्तोष बुढा र उत्कृष्ट विव्यस तर्फ मालिका आवि बाबिरा पुरस्कृत भएको छ ।
शिक्षामा तातोपानी अब्बल
राष्ट्यि शिक्षा दिवसमा आयोजित समारोहमा उपस्थित सबै सरोकारवालाले शिक्षा क्षेत्रको विकासमा तातोपानीले गरेका काम प्रसंशनीय रहेको बताए । तुलनात्मक रुपमा अन्य पालिका भन्दा तातोपानीले सामुदायिक विद्यालयको सुधार, शैक्षिक योजना निर्माण, प्रअ तथा शिक्षक दरबन्दी मिलान, शिक्षक तालिम, शैक्षिक पूर्वाधार निर्माण, अर्गानिक दिवा खाजा, नमुना भान्साघर निर्माण लगायतका थुप्रै अनुसरणयोग्य काम गरेको बताए ।

पूर्वमन्त्री माधव प्रसाद चौलागाँईले तातोपानीले आयोजना गरेको शैक्षिक मेला तथा सामग्री प्रर्दशनले विद्यार्थीको प्रति पहिचान भएको बताए । यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुई चोटी गर्न सुझाव दिए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले विकासमा निर्माणमा अब्बल तातोपानी शिक्षा क्षेत्रमा पनि नमुना सावित भएको बताए । आर्थिक सुशासन कायम गर्न बैशाखमै अन्तिम भुक्तानी दिने परिचय बनाएको तातोपानीले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न गरिरहेको प्रयास निकै अनुकरणीय रहेको उल्लेख गरे ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले शिक्षा क्षेत्र सुधार नभई सामाजिक रुपान्तरण सम्भव नरहेको तथ्यलाई आत्मसाथ गर्दै शिक्षा क्षेत्रमा लगानी बढाइरहेको बताए । पालिकाको शैक्षिक क्षेत्र सुधारको अभियानलाई दातृ संस्था सहयात्रा तेस्रो परियोजना, विश्व खाद्य कार्यक्रमले उल्लेखीय साथ र लगानी गरेकोमा अध्यक्ष चौलागाँईले धन्यबाद दिए ।
पालिकाका निर्धारित लक्ष्य परिपुर्ति गर्न विभिन्न दातृ निकायहरुले पूलको रुपमा काम गर्दा निकै सहज भएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सिमित स्रोत साधनका बीच पनि दृढ ईच्छा शक्ति र कुशल नेतृत्व भएको खण्डमा नमुना कार्य गर्न सकिने उदाहरण तातोपानी गाउँपालिका बनेको बताए । तातोपानी शिक्षा क्षेत्र संगै स्वास्थ्यमा पनि निकै राम्रो काम गरेको उल्लेख गरे ।

उपाध्यक्ष रेवती रावलले विगतको तुलनामा पालिकाका शैक्षिक अबस्था एक लयमा आएकाले सबैको समन्वय सहकार्यमा अझै उल्लेखीय काम गर्ने प्रेरणा मिलेको बताईन् । सामाजिक विकास समिति संयोजक छिरिङ महत, राजनीतिक दलका प्रतिनिधि लगायतले तातोपानीले शिक्षा क्षेत्रमा हासिल गरेका उपलब्धीहरुको संस्थागत विकास र संरक्षणमा जोड दिन अनुरोध गरे ।
सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाकद्धारा संचालित सहयात्रा तेस्रो परियोजना, विश्व खाद्य कार्यक्रमको समन्वय सहकार्य तथा तातोपानी गाउँपालिकाको आयोजना राष्टिय शिक्षा दिवस कार्यक्रम सम्पन्न भएको हो ।




