जुम्ला । जुम्ला गुठिचौर गाउँपालिका वडा नं ५ कुम्डिका मया भण्डारीको उपचारमा आर्थिक अभाव भएपछि समस्या भएको छ । ४८ वर्षिया भण्डारी गत असोज ८ गते नौमुली पाटनमा भेडा चराउन जाँदा चट्याङ परेपछि गम्भीर घाईते भएका थिए ।
नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरी लगिएका भण्डारी यतिबेला भारतको लखनउमम उपचारथ अबस्थामा छन् । चट्याङले उनको शरिर जलेको छ । नेपालमा उनलाई बचाउने सम्भावना ५ प्रतिशत मात्र रहेको भनेको थियो ।
नेपालका उपचार सम्भवन नभएपछि भारतको लखनउ पठाईएको थियो । परिवारका अनुसार हाल सम्म उपचारमा करिब ३५देखि ४० लाख खर्च भईसकेको छ ।
स्वास्थ्य स्थिती सुधार हुदै गएपनि आर्थिक अभावले उनको उपचारमा कठिन भएको परिवारले बताएको छ । उनको पूर्ण उपचारका लागि करिब १ करोड रकम आबश्यक पर्ने अनुमान गरिएको छ ।
परिवारको आर्थिक स्थिती कमजोर रहेका कारण मृत्यु संग लडिरहेका मया भण्डारीको उपचारका लागि सहयोग गरिदिन अपिल गरिएको छ ।
आर्थिक अभाव हुँदा उपचारमा समस्या निम्तीएपछि परिवार तनावमा मात्र छैनन् । भण्डारी मृत्यु संग लडिरहेका छन् । अस्पताल बेडमा छटपटाई रहेका भण्डारीको उपचारमा सहजीकसण गराउन सहयोगको खाँचो परेको छ ।
घरको जाय जेथा बेच्दा पनि उपचार खर्च उठ्ने स्थिती छैन् । त्यसैले सम्पुर्ण सहयोगी मनलाई ईच्छानुसार सहयोग गरिदिन अनुरोध छ ।




