एमाले तातोपानी गाउँपालिकाको चौथो अधिवेशन सम्पन्न, अधयक्षमा गुम्ब डाँगी

जुम्ला । नेकपा एमाले तातोपानी गाउँपालिका कमिटीको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पालिका कमिटीको अध्यक्षमा सर्वसम्मत गुम्ब डाँगीलाई चयन गर्दै अधिवेशन सम्पन्न भएको एमाले नेता सुरत बहादुर शाहीले बताए । 

पालिका कमिटीको अध्यक्षमा गुम्ब डाँगी सहित अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । जसमा उपाध्यक्ष : कर्ण कठायत, सचिवमा राजु रावत, सहसचिवमा देवीचन्द्र सुनार, 

सहसचिवमा ज्वाला चौलागाईं र सहसचिबमा लक्ष्मिचन्द्र बिष्ट सर्वसम्मत चयन भएका छन् । 

´सहमतिका आधारमा नेतृत्व चयन हुनु, पार्टीका लागि सुखद कुरा हो`नेता शाहीले भने,´सर्वसम्मत नेतृत्व चयन हुनु पार्टीभित्रको एकता, सहकार्य, विश्वास र आपसी समझदारीको उत्कृष्ट उदाहरण हो। यस राम्रो सन्देश पनि दिएको छ । भने तातोपानीमा आगामी चुनावमा एमालेलाई  पहिलो शक्ति बनाउन सबै कार्यकर्ता गाउँकेन्द्रित हुन जरुरी छ । एकता,सहकार्य समन्वय पनि आश्यक छ ।`

नवनिर्वाचित नेतृत्वले पार्टीको संगठनलाई विस्तार, सुदृढीकरण, गतिशील र जनमुखी बनाउँदै तातोपानी गाउँपालिकाको विकास, समृद्धि र जनताको सुखदुःखमा साथ दिने समेत विश्वास लिईएको छ ।

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गुट उपगुटको अन्त्य गरी एकता प्रधान हो भन्ने भावना जनता सामु पुराउन नेता कार्यकर्तामा जोगाउन जरुरी रहेको एमालेकी महिला नेतृ नारायणी चौलागाँईले बताईन् । पार्टी भित्र नेतृत्व चयन सर्वसम्मत हुनु खुसीको कुरा भएको भन्दै स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाउन यसरीनै एकता सहकार्य गर्नुपर्नेमा उनले जोड दिईन् । 

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस