पिडित पक्षसंगको सहमति पछि खुल्यो कर्णाली राजमार्ग

जुम्ला । तिला गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिँदा चन्दननाथ नगरपालिका-७ हेम महतको मृत्युपछि बन्द भएको कर्णाली राजमार्ग खुलेको छ । 

मृत्तकका आफन्तले न्यायको माग गर्दै शनिवारदेखि सडक अबरुद्व गरेका थिए । आईतबार विहानै देखि भएका विभिन्न चरणका छलफल पछि पिडित पक्ष र तिला गाउँपालिका बीच सहमति जुट्दा बन्दका सबै कार्यक्रम फिर्ता लिईएको पिडित पक्षका अगुवा नृपेन्द्र महतले बताए । 

पिडित पक्षलाई उचित राहत प्रदान गर्ने, घटनाको सम्पुर्ण जिम्मा लिने, किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउ गर्ने सहमति सडक बन्द फिर्ता लिएको महतले जानकारी दिए ।

यता तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले पिडितको राहत तथा क्षतिपुर्तिका लागि सहमति भएको बताए । ´दुखद घटना घट्यो यसप्रति निकै दुखित छौ`उनले भने, ´पिडित पक्ष संग भएको सहमतिनुसार क्षतिपुर्ति हामी दिन्छौ । सरकारी मोटरसाईकलको दुरुपयोग गर्ने कर्मचारीलाई स्पष्टीकरण पनि सोद्छौ ।`

दुई दिनसम्म सडक बन्द हुँदा लामो तथा छोटो दुरीका यात्रु बाहक तथा मालबाहक यात्रु अलपत्र परेका थिए । 

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस