जुम्लाका पत्रकार ‘सामूहिक गिरफ्तारी’ दिन प्रशासनमा

जुम्ला – पत्रकारमाथि भएको धरपकड र गिरफ्तारीको विरोध गर्दै नेपाल पत्रकार महासंघ जुम्ला शाखाले आन्दोलन गरेको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार दिउसो पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।


‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको धरपकड तथा दबाबको विरोध गरेका छन् । महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईका अनुसार मिडिया हाउसको गेटमा गाडी तेस्र्याएर राख्ने, सञ्चारमाध्यममा धरपकड गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने, लोककल्याणकारी विज्ञापनको रकम काट्ने तथा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने कार्यको विरोध गरिएको हो ।


त्यस्तै, सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी बन्द गर्न पनि महासंघले माग गरेको छ । पत्रकार महासंघ केन्द्रीय कार्यालयको सर्कुलरमा देशभरका पत्रकार सामुहिक गिरफ्तारी दिन जिल्ला प्रशासन कार्यालय अगाडी पुगेका छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस