जनताका आवश्यकतामुखि योजना छनोट गर्न मन्त्री श्रेष्ठको सुझाब


मानदत्त रावल, जुम्ला ः कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जनताका आवश्यकताका आधारमा विकास निर्माणका योजना गर्न छनोट गर्न सुझाएका छन् ।
मन्त्री श्रेष्ठ गृह जिल्ला जुम्ला प्रवेश गर्ने क्रममा तिला गाउँपालिकाले गरेको स्वागत कार्यक्रममा यस्तो सुझाएका हुन् । अहिले स्थानीय तहका नीति तथा कार्यक्रम बनाउनेदेखि बजेट बनाउने काम भइरहेको समयमा जनताका आवश्यकताका आधारमा बजेट ल्याउन सुझाएका छन् ।
आप्mना काम उपलव्धमुलक बनाउनका लागि आवश्यकताका आधारमा योजना बनाउनु पर्दछ । जनतालाई खानेपानीको आवश्यकता भएको बेलामा अर्काे कुनै योजना बनाएर उपलव्धीहिन काम गरेर बजेट सक्नुको कुनै औचित्य नहुने उनले बताए ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालयसहित सिंगो कर्णाली प्रदेश सरकारसहित, स्थानीय तथा केन्द्र सरकारले पनि उत्पादनमुलक काम गर्नुको विकल्प छैन । उनले भने उपलव्धीमुलक कामका लागि आफु कहिले पनि पछि पर्ने छैन । हामी नागरिकका साँझा जनप्रतिनिधि हौँ । यसमा कोही कसैले राजनीतिक रंगभेद देखाएर विकास निर्माण काम प्रभावित बनाउनु हुदैन । जुम्लाको स्थानीय बासिन्दा भएपनि मन्त्रीका हिसावले कर्णाली प्रदेशको १० वटै जिल्लामा जिम्मेवारी रहेको छ । जनताका हितमा हुने काम गर्नेका लागि हामी निर्वाचित भएका हौँ । यस विषयमा पछि नपर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाका अनुसार यो गाउँपालिका मुकाम कर्णाली राजमार्गको किनारमै विकास निर्माणले सुसम्पन्न जस्तो देखिने भएपनि यहाँका धेरै गाउँठाउँमा अहिले पनि सडक पुगेको छैन । भौगोलिक रुपमा निकै विकट छ । उनले भनिन् खोप्री, राँसा मालापानीका गर्भवती महिला ३ घण्टा पैदल हिडेर चेकचाँज गर्ने गरेका छन् । नजिक स्वास्थ्य चौकी छैन ।
राँरागाउँमा खानेपानीको हाहाकार छ । यस्तै थुप्रै समस्या छन् । स्थानीय तह आएको चारको वर्षको अन्तरालमा केही समस्या समाधान गरेपनि अझै समस्या छन् । यिनै समस्या समाधान गर्नका लागि मन्त्री श्रेष्ठलाई उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस