सागर परियार,
जुम्ला ,जुम्लाको पातारासी गाउँपालिका लाई आलुको पकेट क्षेत्र निर्धारण गरिएको छ । अन्य क्षेत्र भन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चार वटा गाविसले आलु खेतीलाई बढि प्रथापमकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ । पातारासीका स्थानिय अन्य खेती भन्दा आलु खती तर्फ निकै आर्कषित पनि छन् । पातारासी गाउँपालिका छुमचौर गाउँका झण्डै ५० घरधुरी कम्तीमा ५ क्वईन्टल भन्दा माथि आलु उत्पादन गरेका छन् ।
कडा परिश्रमगरी केहि कमाउने आशाले उत्पादन गरिएको आलुले बजार नपाएपछि यहाँका आलु कृषक निकै चिन्तीत भएका छन् । मचौरका तारा बहादुर बोहोराले यो वर्ष ७ क्वईन्टल आलु फलाएका छन् । तर बजार अभावलेले अहिले १ क्वईन्टल पनि विक्री हुन सकेको छैन् । हिलेकाही पैसाको अभाव हुँदा उहाँकी श्रीमती विहानको कठयांग्रीदो जाडोमा सदरमुकाममा आलु विक्री गर्न जान्छीन् । तर पनि बजारमा लिएर पनि कुनै दिन जसरी लिएरको त्यसरीनै फिर्ता हुनुपर्योेको लालसरी बोहोराको अनुभव छ ।
विक्री भएपनि होटलवालाहरुले सस्तो लिने गर्छन्, उनले भनिन, आलुको पकेट क्षेत्र पातारासीलाई भनिएपनि बजारीकरणको समस्या ज्युको त्यु छ । तारा बहादुरका परिवार उदाहरण मात्र हुन । यहाँ आलु बोकेर सदरमुकाम आउनेहरुको त दैनिक भिड लाग्छ । त्यस्तै लक्ष्मी विष्टको घरमा पनि ४ क्वईन्टल आलु छ ।
सबै घरमै थन्कीएको छ । आलु धेरै भएपछि राख्ने ठाउँको व्यवस्थापन गर्न निकै समस्या भएको विष्टको भनाई छ । तरकारी, नास्ताको रुपमा सधै खादा आलुले पनि असर गरेका कारण अहिले खान छोडेको उनले बताईन । बजारमा पनि विक्री नहुँदा आलु कुहिने सम्भावना रहेको छ । बजारीको अबस्थालाई मध्यनजर नगरी आलुका लागि पकेट क्षेत्र निर्धारण गर्दा को प्रभाव कृषकलाई परेको छ ।
दैनिक सदरमुकाम आलुका बोरा बोकेर आउने महिलाहरु कहिले पनि आफुले तोकेको मुल्य पाउदैनन् । बजारमा प्रतिकेजी आलु रु.२० मा विक्री भईरहेको छ । उस्तै परे कहिले फिर्ता गर्नु भन्दा १५ रुपैया केजीमा पनि बच्ने गर्दछन् । अधिकांशको आलु घरमै थन्कीएको छ ।
बजार व्यवस्थापनमा सरोकारवाला मौन
जुम्लाको उत्पादित कृषि उपजको बजारीकरणमा देखिएको समस्या समधान गर्न यहाँका सरोकारवालाहरु जिम्मेवार देखिदैनन् । स्थानिय सरकार आएपछि स्थानिय स्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा पहल हुने स्थानियको आशा थियो । तर अहिले सम्म कुनै गाउँपालिकामा संकलन केन्द्र राख्न सकिएको छैन् ।
पटक पटक बजारीकरणको समस्या देखाउदै समधानको बाटो खोज्न तथा संकलन केन्द्र राख्न ध्यानकर्षण गरेपनि सरोकारवालाहरु मौन देखिएका छन् । यता जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावल, सम्बन्धी स्थानिय तहले बजारीकरणको पहल गर्ने बताउनु हुन्छ । बजारमा आएको तरकारीलाई व्यवस्थापन गर्न निमार्ण गरिएको संकलन केन्द्रलाई प्रभावकारी रुपमा संचलान गर्न आफु लाग्ने उनको आश्वासन छ ।
जुम्लाका सात वटै गाउँकाका विभिन्न क्षेत्रलाई स्याउ,आलु, तरकारी,सिमि, ओखर लगायत अन्य विषयमा पकेट क्षेत्र निर्धारण गरेपनि बजारीकरणको समस्या नहट्दा ृत्पादित बस्तुले बजार पाएको छैन् ।