भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सडक दुर्घटनामा घाइते

नयाँ दिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन एक दुर्घटनामा घाइते भएकी छन् ।  दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएको छ । तर भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेद भने सामान्य घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार मोटर दुर्घटना भएको बताइएको छ । जसोदाबेन छुट्टै बस्दै आएकी थिइन् । उनी माइतीको संरक्षणमा बस्दै आएकी हुन् ।

विवाहलगत्तै मोदी घरबार त्यागेर हिँडेपछि जसोदाबेन एकल महिलाका रुपमा बस्दै आएकी छन् । मोदी राजनीतिक जीवनमा प्रवेश गरेपछि पारिवारिक जीवनबाट टाढा रहँदै आएका छन् ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस